हल्लै हल्लामा चलेको देश-'नेपाल' ( सामाजिक कथा )



सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश
शरीरै भरि घाउ बोकेर मुडा झैँ लडेको छ । वरपर त्यो लाश
हेर्ने मान्छेको भिड देखिन्छ । पुलिसहरु
पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरु
पनि आफ्नो नोट बुकमा त्यहाँको रिपोर्ट तयार पार्दै छन्,कोहि त्यो लाशको तस्बिर कोण कोण बाट
आफ्नो क्यामरामा कैद पार्दै छन् । कोहि पत्रकारहरु
त्यहाँको वस्तुस्थिति प्रत्यक्ष प्रसारण
गर्नका निम्ति लागि परेका छन्। कसैलाई थाहा छैन
त्यो कसको लाश हो र
कसरि सडकको किनारमा आफ्नो देह बिसायो?? सडकमा धेरै गाडीहरु लाशलाई नजर लाउदै गैसक्यो र आउने
क्रम पनि जारी छन् । कसैले पिच्च थुक्दै लाश लाई पार
गरि आफ्नो गाडी गन्तब्य तर्फ हुईकाउँदैछन् त
कोहि चुक चुक गर्दै गन्तब्य तर्फ लाग्दै छन् ।
जति मान्छेको नजर पुग्छ त्यति नै
त्यहाँ गाँइ.गाँई.गुँई..गुँई मचिन्न थाल्छ । केहि बेर अघि सम्म लाशको बारेमा सबै अनविज्ञ थिए |
केहि समय अन्तरालमै त्योलाशको बारेमा सयौं कुराहरु
उठी सकेको थियो ।.
.
कोहि भन्दै थियो विचरा कहाँको मान्छे
हो कसरि मृत्यु भो ? कोहि भन्दै थियो योएक नम्बरको डाँका जस्तो छ । कोहि भन्दै थियौ होइन
यो त हाम्रै गाउँ घरमा हंसिया,कोदालो संग अन्न साट्ने
बिर बहादुर बि .क. जस्तो छ | यस्तै यस्तै हल्लै
हल्लामा त्यो सडक जाम हुन्छ । केहि मगज
बिग्रेका युवाहरुले गाडी तोडफोड गर्न
थाल्छन,लामो दुरीका बसका युवतीहरु प्रति कुदृष्टि राखेर अश्लिल शब्दहरु प्रयोग गर्छन ।
यतिकैमा यातायात व्यवसायीहरुले पनि यातायात बन्द
गरेर नाराजुलुस लाउन थाल्छन, आफ्नो तोडफोड
भएका गाडीको क्षतिपुर्ती दाबी गर्दै सरकार विरुद्द
चर्का नारा लाउछन ।
पुलिसहरु मुक दर्शक बनेर बसेको हुन्छन। राता रात यो एउटा बेवारिसे लाशले राष्ट नै तताउँछ । यै
लाशको नाममा कयौं पार्टीहरुले हल्लै
हल्लाको भरमा सडकमा सरकार विरुद्द आन्दोलन
मच्चाउँछ । सदन अबरुद्द गर्छ | तर कसैलाई थाहा छैन
त्यो कसको लाश हो र कसरि मृत्यु भो ?? तर पनि सबै
भन्दै छन्आफु निकटका कार्यकर्ता हो । अनि कोहि भन्दै छन् यो दलित भएकै कारण मृत्युवरण
गर्नु परेको हो । विभिन्न सामाजिक
संघसंस्था पनि हो मा हो थप्दै
आन्दोलनको घोषणा गर्छन । मानवअधिकारी वादीहरु र
नागरिक समाज पनि मान्छे पिच्छे विरोध गर्दै छन् ।
यस्तै यस्तै विरोध र अन्दोलानै आन्दोलनमा दिन बित्छ, हप्तापुग्छ अझै पनि त्यो निर्दोष लाश सडकमै
बेवारिसे अवस्थामा पल्टी रहन्छ र संघसंस्था र
पार्टीका टाउकेहरुको निम्ति त्यो एक
बिक्रीमा राखेको सामानबन्छ र त कोहि यति लाख
क्षतिपूर्ति चाहिन्छ भन्दै थियो त कोहि यसलाई
अज्ञात तत्वले हत्या गरेकोले शहिद घोषणा गर्नु पर्छ भन्दै मच्चिरहेको थियो ।
अनि जति समय बित्दै जान्छ त्यति नै नयाँ रुप लिन
थाल्छ त्यो घटनाले । सडक तताउने तताकै छन्,सदन
तताउने सदन तताउदै छन् सरकार बिरुद्द । अनि सरकार
बिबश भएर त्यो आन्दोलन मत्थर पार्न
अनि त्यो लाशको अन्त्यष्टिको निम्ति,तिनै अन्धधुन्द विरोध गर्नेहरु मध्य
केहिको संल्गनतामा अनुसन्धान आयोग गठन हुन्छ ।
निक्कै दिनको अनुसन्धान पछी थाहा हुन्छ
त्यो एकजना अधिक मादक पदार्थ पिई मृत्यु भएका एक
नाम्ले (भरिया) जो हात मुख जोड्नका निम्ति गाउँ
छोडी काठमाडौँ उपत्यकामा काम गर्न निस्केका र नेपाल बन्दले बीचबाटोमा अलपत्र परेका यात्रुको लाश हो भन्ने
। अझै पनि पार्टीका टाउकेहरु चुप लाग्नेस्थितिमा छैन

कथाकार- Babu lama