होला है, फुड प्वाइजनिङ
![]() |
वर्षातको समयमा पानीको रिमझिमले आनन्द त दिन्छ । तर यो समयमा खानपानमा भने विशेष ध्यान पुराउनुपर्ने हुन्छ । किनकी उच्च आद्रता लगायतका कारणले गर्दा वर्षाको समयमा खाना विषाक्त बन्ने वा फुड प्वाइजनिङ हुने खतरा बढि हुने वैज्ञानिकहरु बताउँछन् ।
विज्ञहरुका अनुसार फुड प्वाइजनिङ एक आम संक्रमण हो जसको चपेटामा वर्षेनी धेरै मानिसहरु परिरहेका हुन्छन् । खाना खाइसकेपछि वान्ता हुनु, पेट गडबड हुनु, तथा निकै पेट दुख्नु फुड प्वाइजनिङका लक्षण हुन् । फुड प्वाइजनिङ सँगै डिहाइड्रेसन भयो भने अझ समस्या झनै ठूलो हुन्छ । फुड प्वाइजनिङपछि उत्पन्न हुने समस्याले सरीरमा पानीको कमी गराउने ठूलो खतरा हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ ।
कसरी बँच्ने ?
फुड प्वाइजनिङबाट बच्नका लागि खाना बनाउने ठाउँ सफा सुघर हुनैपर्छ । खाना बनाउनु भन्दा पहिले साबुनपानीले राम्ररी हात धुने गर्नुपर्छ । खानालाई राम्रोसँग पकाउने तथा पकाएको भोजनलाई सुरक्षित साथ राख्ने व्यवस्था हुनुपर्छ । पकाएको खानालाई लामो समयसम्म नखाइकन राख्नु हुँदैन र पकाइसकेपछि सकेसम्म छिटो खानुपर्छ ।
भैहालेमा के गर्ने ?
फुड प्वाइजनिङका लक्षण देखिए भने अन्य उपचारको साथै डिहाइड्रेसनबाट बच्नका लागि पर्याप्त पानी पिउनुपर्छ । सूप, पातलो जाउलो, नरिवल पानी, चामलको चौलानी, ग्लूकोज जस्ता हल्का पानीजन्य खाना खानुपर्छ ता की सरीरलाई आवश्यक शक्ति पनि प्राप्त होस् र पानीको अभाव पनि नहोस् । झाडावान्तको समस्या रोकिएन भने छिटै स्वास्थ्य संस्थामा जँचाउन गइहाल्नुपर्छ ।