नेतृत्व चलाएको भरमा बन्दैन देश!




नेतृत्व चलाएको भरमा बन्दैन देश!
जनता दलाएको भरमा बन्दैन देश!

सुन है तेश्रा लिंगी देशका गद्दार कैलै
टायार जलाएको भरमा बन्दैन देश!!

...गरिब दुखिलाइ पाउमा झुकाई कोहि
महान क'लाएको भरमा बन्दैन देश!!

महल रोजी ढुंगा माटोले बनेका साना
झुपडी ढलाएको भरमा बन्दैन देश!!

पुराना रीत तोडी बदल्ने निहुँमा नयाँ
सस्कृति थलाएको भरमा बन्दैन देश!!

सत्तामा पुगेपछि औकात बिर्सने नाथे
टुप्पोमा पलाएको भरमा बन्दैन देश!!

मुखले राम भन्दै पीठमा धसार्ने छुरा
सपुत फलाएको भरमा बन्दैन देश!!

Asmi Gm