ब्राजिलमा ट्रान्जिटका कारण अलपत्र
![]() |
काठमाडौं , श्रावण २८ - दक्षिण अमेरिकी मुलुकहरूको नाका हुादै अमेरिका लैजान भनेर मानव तस्कको सञ्जालद्वारा ब्राजिल पुर्याइएका नेपालीहरू 'ट्रान्जिट' का कारण समस्यामा परेको राजदूत प्रद्युम्नविक्रम शाहले बताएका छन् ।
'अनौपचारिक रूपमा केही समस्या सुनिन आएको हो तर औपचारिक रूपमा कसैले दूतावासमा उजुरी/जानकारी दिएको छैन,' राजदूत शाहले कान्तिपुरसँग फोनमा भने, 'आसपासका कोस्टारिका, बोलिभियाजस्ता मुलुकमा पनि नेपालीहरू गन्तव्य खोज्दै आएको थाहा भएको छ । ती मुलुकसँग सहप्रमाणीकरण जिम्मेवारी नरहेकाले औपचारिक तहमा भने सोधपुछ गर्न सकिएको छैन । तर अनौपचारिक रूपमा बुझबुझारथको काम भइरहेको छ ।' गैरकानुनी तवरमा हुन्डुरस, मेक्सिको हुँदै अमेरिका लैजाने प्रयासमा रहनेले 'ट्रान्जिट' फेरिरहने कारण पनि आज भनिएको विन्दुमा भोलि नेपाली नभेटिने गरेको उनले बताए ।
विशेषतः बोलिभियामा दिइने 'अनअराइभल भिसा' का कारण मानव तस्करहरूले त्यही नाकाको उपयोग गर्दै नेपालीलाई गन्तव्यहीन बनाउँदै आएका छन् ।
![]() |