बाबुराम सरकार सहमतिको बाधकः विपक्षी १३ दल

आन्दोलन अनिवार्य भएको निष्कर्ष

८ असोज, काठमाडौं । नेपाली कांग्रेस, एमालेसहितका विपक्षी १३ दलले वर्तमान सरकार सहमतिको बाधक भएको ठहर गर्दै आन्दोलन अनिवार्य भएको निष्कर्ष निकालेको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको विपक्षी दलहरुको बैठकले तत्काल सहमतिको सरकार गठन गर्नु जर्नेमा जोड दिएको छ । ‘तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ । तर, यो सरकार सहमतिको वाधक छ’माले महासचिव सीपी मैनालीले अनलाइनखबरसँग भन्नुभयो-’सहमतिका लागि पनि आन्दोलनमा जान अनिवार्य छ भन्ने निष्कर्षमा पुगेका छौं ।’
तर, आन्दोलनका कार्यक्रम भने सार्वजनिक गरिएको छैन । तत्काल वार्ता थाल्ने र सहमति नभए सडक आन्दोलनमा जाने विपक्षी दलहरुको चेतावनी छ । ‘पहिले वार्ताबौट निकास खोन्छौं’भरखरै सरकारबाट बाहिरिएर विपक्षीको मोर्चामा गएको नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले भन्नुभयो-’वार्ताबाट सहमति हुँदैन भने आन्दोलनमा जानुपर्छ ।’
यसका लागि ११ गते अर्को बैठक बोलाइएको छ । बैठकमा कांग्रेस, एमाले, नेकपा-माओवादी, राप्रपा लगायतका १३ दलको सहभागिता थियो ।