नम्रताका खस्रा कुरा



नायिका नम्रता श्रेष्ठले सञ्चारकर्मीहरूसँग आफ्नो कुरै नमिल्ने कुरा सार्वजनिक  गरेकी छिन्। एउटा  पत्रिकालाई अन्तर्वार्ता दिँदै नम्रताले आफूलाई सञ्चारमाध्यममा आउन डर नलागेको तर सञ्चारकर्मीबाट टाढै बसेको राम्रो लाग्ने बताएकी छिन्। नम्रता भन्छिन्— 'राम्रो काम गर्न  शान्त मस्तिष्क चाहिन्छ। मिडियामा जाँदा त्यो हुँदैन। त्यसकारण मलाई काम नगरी यस्तो गर्दैछु, उस्तो गर्दैछु भनेर बोल्न मन लाग्दैन। यो मेरो  सिद्धान्त हो, अरूलाई मन नपर्न पनि सक्छ।' नम्रतालाई एल्लो जर्नालिजम अर्थात् पित पत्रकारिता मनपर्दैन रे। नम्रताले आफू पत्रकारबाट धेरै  पीडित नभए पनि, सबै पत्रकार खराब नभए पनि,  पत्रकारहरूसँग आफ्नो कुरा नमिल्ने बताएकी छिन्।