बलात्कारी नायिका


केही महिनाभित्र एउटा चलचित्र आउँदैछ, 'ब्ल्याक नाइट'। पोस्टरमा नग्नता देखिँदा त चलचित्र हलमा दर्शक ओइरिन्छन् भने हीराजबाबु गोखार् लीले लगानी गरेको यो चलचित्रको एउटा प्रसंगले त निर्माताको 'पकेट भर्ने' पक्का छ। चलचित्रमा पाँच जना नायक र पाँचै जना नायिका  छन्। नायकहरूको नायिकाहरूसँग प्रेम हुँदैन, बरु एउटा दृश्यमा ती पाँचै जना नायिकाले दुई नायकलाई बलात्कार गरेका छन्। खलनायकले  नायककी बहिनी वा नायिकालाई लखेट्दै बलात्कार गरेका दृश्य बासी भैरहेको सन्दर्भमा नायिकाले नायकलाई बलात्कार गरेको दृश्यले पक्कै  पनि चलचित्र बजार तात्नेछ। हालै छायांकन सकिएर सम्पादन भैरहेको मधुसूदन भट्टराईद्वारा निर्देशित उक्त चलचित्रमा बलात्कारको घटनापछि  जन्मिएका नायिकाहरूले बदला लिन राम्रा युवकहरूलाई फकाउँदै बलात्कार गर्छन्। सुन्दा सनसनी लागे पनि उक्त दृश्यलाई कलात्मक ढंगबाट  खिचिएको निर्माण पक्ष बताउँछ।