हटमेल बन्द हुने



के तपाईं हटमेल एकाउन्ट भएका लाखौं उपभोक्तामध्ये एक हुनुहुन्छ ? हुनुहुन्छ भने तयार हुनुहोस् माइक्रोसफ्टको न्यू आउटलुक मेलमा  प्रवेश गर्न। किनभने माइक्रोसफ्टले नवीनतम सेवा, सुविधा र विशेषतासहित न्यू आउटलुक मेल खोल्नुका साथै हटमेल सेवा बन्द गर्ने भएको  छ। यसरी हटमेल एकाउन्टलाई आउटलुकमा रूपान्तर गर्नुको अर्थ समाजिक संजाल फेसबुकमा सीधै सम्पर्क स्थापित गर्नु पनि हो। त्यति मात्र  होइन, सबै इमेल सेवाका स्मार्ट सर्भिस प्रयोग गर्न पाउनु र हजारौं वर्ष पुराना न्युजलेटर स्पामको आक्रमणबाट छुटकारा पाउनु पनि हो।

आउटलुक एक्सप्रेस भन्नेबितिकै ओहो यो त मेरो कम्प्युटरमा पहिलेदेखि नै छ, यसको सेवा त मैले पहिलेदेखि नै प्रयोग गर्दै आएको छु  भन्नुहोला तर त्यो होइन। पहिलेदेखि नै इमेल र क्यालेन्डर सेवा दिँदै आएको आउटलुक एकाउन्टमा प्रवेश गरेपछि अब एट् द हटमेल डट  कमको सट्टामा एट द आउटलुक डट कम लेख्नु पर्नेछ। आउटलुक माइक्रोसफ्टको 'लाइभ सर्भिस' हो। 

माइक्रोसफ्टले दाबी गरेअनुरूप हटमेलबाट न्यू आउटलुकमा प्रवेश गर्नेले आफ्नो इमेलको स्वरूप, सेवा र सुविधा अत्यन्तै आकर्षक,  बहुपयोगी र अरूभन्दा फरक भएको पाउनेछन्। न्यू आउटलुक मेलमा वर्तमान हटमेलमा भएका लोकप्रिय र प्रचलित फिचरहरू तथा जिमे लका प्रचलित फिचरहरू पनि समावेश भएको पाइनेछ। यसका साथै केही फिचर यस्ता पनि हुनेछन् जसले युजरलाई के गर्ने हो भन्ने तुरुन्तै  सल्लाह दिनेछ। मुख्य कुरा त इमेल सर्भिसको मुखाकृति पनि हो जसले युजरलाई मेल चलाउन र आउटलुकमा अकाउन्ट खोल्न आकषिर्त गर्ने छ। 

आउटलुक मेलमा विन्डोज-८ का अपरेसन तथा विन्डोज फोन सिस्टम पनि समावेश हुनेछन्। यसैगरी हटमेल, फेसबुक, जिमेल, ट्वीटर,  लिङडइनका सेवासुविधासँग पनि सीधै सम्पर्क गरी यी मेलहरूका डाटावेशसँग समन्वय गर्न सकिनेछ। नयाँ आउटलुकमेलबाट सीधै फेसबुक,  जिमेल वा याहुको लाइभ च्याटमा प्रवेश गर्न सकिन्छ। त्यस्तै जिमेल वा याहुको मेलबाट सीधै आउटलुकको लाइभ फोनमा लगअन गर्न  सकिनेछ। 

आउटलुक मेलको इन्टरफेस अत्यन्त सफा र मुलायम देखिन्छ। हरेक मेनुमा राखिएको बटनले एक क्लिकमै ड्रयाग र ड्रप गर्ने काम गर्छ। ओ भरभ्यू मेनुमा स्वीप अवे, म्यानेज फोल्डर, फाइन्ड एण्ड फिल्टर इमेल, इन्सट्यान्ट एक्सनजस्ता बटन राखिएका छन्, जसले आफूलाई  चाहिएअनुरूपको सुविधा लिन सकिन्छ। उदाहरणका लागि स्वीप अवे बटनको सहयोगमा धेरैवटा इमेलबाट आफूलाई चाहिएको इमेल अर्कै  फोल्डरमा लगेर राख्न र व्यवस्थित गर्न सकिन्छ। यस्ता थुप्रै सुविधा आउटलुक मेलमा उपलब्ध हुनेछन्। 

आउटलुक इमेल सर्भिसमा अब पासवर्ड राखेर मात्र पुग्दैन। सेक्युरिटीका लागि वैकल्पिक इमेल, फोन नम्बर तथा अन्य सामान्य जानकारी पनि  राख्नुपर्छ। माइक्रोसफट कम्पनीले आइफोन, ब्लायाकबेरीजस्ता स्मार्ट फोन युजरलाई पनि हटमेल युजर अकाउन्ट अपडेट गर्न निर्देशन जारी  गरेको छ। स्मार्ट फोनबाट हुने डाटा ह्याकलाई सुरक्षित गर्न नयाँ उपायहरू लागू गरिएको माइक्रोसफ्टले जनाएको छ। पहिलेदेखि हटमेलमा  इमेल अकाउन्ट भएकाहरूलाई  निःशुल्क अपडेट र इमेल परिवर्तन गर्ने सुविधा उपलब्ध गराइएको माइक्रोसफ्टले जनाएको छ।