अब मौसमीका छोरा
![]() |
नायिका मौसमी मल्लका छोरा विक्की मल्ल चलचित्र 'समय' मार्फत नेपाली रजतपटमा डेब्यु गर्ने तयारीमा छन्। सन्देशमान श्रेष्ठ तथा भद्रकुमारी सेनको निर्माणमा तयार भएको यो चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन्। चलचित्रकी प्रस्तुतकर्ता मौसमी मल्ल नै हुन्। चलचित्रमा मौसमीका छोरा विक्की मल्लका साथमा नायिका सुरभी जैनको मुख्य भूमिका छ। चलचित्रले पुरानो पुस्ता र नयाँ पुस्ताबीच समयले ल्याएको भिन्नता देखाउन खोजेको छ। चलचित्र समयमा पुरानो पुस्ताको भूमिकामा नायक राजेश हमाल र मौसमी मल्ल देखिएका छन्। यो चलचित्र कात्तिकमा रिलिज हुने तयारीमा छ। मौसमीका छोरा विक्कीलाई सञ्चारमाध्यममा सार्वजनिक नगरिए पनि हालै उनको जन्मदिनको अवसरमा अनलाइन खबरमार्फत उनको तस्बिर सार्वजनिक गरिएको थियो।
![]() |