गाउँलेको भेलामा एसिड छ्यापियो


  • १७ स्थानीय घाइते


    काभ्रे , भाद्र १३ - बाटोको बिषयमा छलफल गर्न बसेका गाउँलेमाथि बुधबार एक युवाले एसिड छ्याप्दा १७ जना घाइते भएका छन् ।
    नयाँगाउँ- ७ बयरबोटको दुध डेरीमा बाटोको बिषयमा छलफल गर्न बसेका स्थानीयबासीबिच विवाद उत्पन्न भएपछि सोही स्थानका १९ वर्षे सुरेश बजगाईंले एसिड छ्याप्दा उनीहरु घाइते भएका हुन् । घाइते मध्ये शम्भू घर्ती मगर र शेरबहादुरको अवस्था गम्भीर छ । उनीहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
    'एसिड छ्याप्नेलाई नियन्त्रणमा लिइसकेका छौ,' जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने 'घटनाको विस्तृत अनुसन्धान गरिरहेका पनि अगाडी बढाइसक्यौँ ।'