पान खानेले बिगारे अमेरिकालाई पनि

समाचार अनुसार न्युयोर्कमा पान खानेहरुका संख्या बढिरहेको छ जसका कारण दुर्गन्ध तथा फोहोर पनि बढिरहेको छ । न्युयोर्कमा ठूलो संख्यामा दक्षिण एसियाली मूलका मान्छे बस्ने र उनीहरुमध्ये धेरैको पान खाने आदत रहेकाले सहर दुर्गन्धित बन्दै गएको बताइन्छ । खासगरी दक्षिण एसियालीहरुको बढी वस्ती रहेको ज्याक्सन हाइट इलाकामा पानका अम्मलीहरुको बिगबिगी नै छ । त्यहाँ दक्षिण एसियालीका खुद्रा बजारसागै प्रसस्तै पान पसल पनि छन् ।
हुनत न्युयोर्कमा सडकमा थुकेबापत २ सय डलर जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ तर पानका अम्मलीलाई प्याच्च थुक्न यो कानुनका कुराले के रोक्थ्यो र ? ज्याक्सन हाइटका च्याउ उमि्रएसरी पान पसलबाट पान किनेर चपाउनेहरुले सडक, फुटपाथ तथा पर्खालका चेँपमा प्याच्च थुक्न छाडेका छैनन् । आखिर दक्षिण एसियालीहरुको संस्कृति वा पहिचान नै हो नी फोहोर भनेको, कसरी छाड्ने आफ्नो पहिचानलाई, कि कसो ?
 -onlinekhabar