सप्तरीविरुद्ध कैलालीको १६ गोल


१ साउन, काठमाडौं । एनसेल राष्ट्रिय महिला फुटबलमा कैलालीले सप्तरीलाई १६-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।


रौतहटको चन्द्रनिगाहपुरमा सोमबार भएको खेलमा कैलालीले सप्तरीविरुद्ध गोलको वर्षा नै गरेको हो । कैलालीको जितमा मीना चौधरीले ७ गोल गरिन भने हिमा चौधरीले ४ गोल थपिन् । यस्तै निरा सुनुवारले २, रबिना चौधरी र सबिना चौधरीर अर्का एकले समान १-१ गोल गरिन् ।
सोमबार नै बाराको सिमरामा भएको खेलमा कञ्चनपुरले काठमाडौंलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । कञ्चनपुरको जितमा दिलकुमारी तामाङ्ग र सीमा चौधरीले समान १-१ गोल गरिन भने काठमाडौंकी कबिता सुन्दासले खेलको अन्तिम मीनेटमा आत्माधाती गोल गरे ।


यस्तै अर्को खेलमा धनकुटाले मकवानपुरलाई ४-२ गोलले पराजित गरेको छ । धनकुटाको जितमा श्रृजना चेम्जुङ्गले हृयाटि्रक गरिन् भने कुसुम राईले एक गोल थपे । मकवानपुरको सम्झना क्षेत्री र संगीता लामाले १-१ गोल फर्काएपछि हार टार्न सकेनन् ।

source-onlinekhabar