केरा पचाउन नसक्ने तर हवाइजहाज पचाइदिने मान्छे !!!
![]() |
मान्छे विष खाएपछि मर्छ वा विरामी पर्छ । त्यस्तै धातु तथा पचाउन नसकिने अरु वस्तु खाइयो भनेपनि पेटमा गडबडी सुरु हुन्छ । तर यो दुनियामा यस्ता मान्छे पनि हुँदारहेछन् जसले फलाम, तामा जस्ता धातु मात्र होइन विष पनि सजिलै पचाइदिन्छन् ।
हो फ्रान्सका मिचेल लोटीटो नामका व्यक्ति र्सवभक्षी थिए अर्थात् उनले जुनसुकै पदार्थ पनि खाएर सजिलै पचाउन सक्थे । अरु त अरु उनले विभिन्न धातु, सिसा तथा रबर लगायतका कडा तथा पचाउनै नसकिने वस्तु पनि हजम गरिदिन्थे । उनले साइकल तथा टेलिभिजनका पाटपुर्रजा एक एक गरी खाएर भ्याइदिन सक्थे । उनले सन् १९७८ देखि ८० सम्मको २ वर्षभित्रमा त एउटा ब्रि्रेको हवाइजहाज खाएर सिध्याएका थिए । यस्ता वस्तु खानुअघि उनले त्यसलाई सानो सानो टुक्रा बनाउँथे र निल्थे ।
सन् १९५० मा जन्मिएका मिचेलले यस्तो अस्वभाविक खाने बानी बच्चैदेखिको भएपनि सन् १९६६ मा र्सार्वजनिक रुपमा पर््रदर्शन गरेसँगै उनले चर्चा बटुलेका थिए ।
हामीले विष खाएमा ठहरै हुन्छौँ र पेटमा अपच हुने सानो कुरा पर्यो भनपनि नराम्ररी थलिन्छौँ । तर हवाइजहाज नै खाँदापनि मिचेलको पाचन क्रिया वा अरु स्वास्थ्यमा कुनैपनि असर परेन । उनले विषालु पदार्थहरु समेत मज्जाले खाएर पचाए । उनले दिनमा झण्डै एक किलोसम्म यस्ता अस्वभाविक पदार्थ खाने गर्थे । यस्ता पदार्थ खाएपछि उनले त्यसलाई पचाउन तेल तथा निकै धेरै पानी पिउँथे । फलाम पचाउन सक्ने यी व्यक्तिको पेटले केरा तथा उसिनेको अण्डा भने पचाउन सक्दैनथ्यो । आफुलाई केरा तथा उसिनेको अण्डाले भने पेट दुखाउने बताउँथे । उनले सन् १९५९ देखि १९९७ सम्मको अवधिमा नौ टन धातु खाएको अनुमान गरिएको छ ।
यस्ता जिवजन्तुले पचाउनै नसक्ने पदार्थ समेत पचाउने क्षमता भएका मिचेलको क्षमता वास्तवमै निकै विचित्र खालको छ । वैज्ञानिकहरुका अनुसार मिचेलको आन्द्रा तथा आमाशयको भित्ता निकै बाक्लो छ जुन सामान्य मानिसको भन्दा दोब्बर बाक्लो छ । त्यस्तै धातु तथा अन्य पदार्थ पचाउन उनको सरीरमा ग्रन्थीहरुले निकै शक्तिशाली अम्ल लगायतका रसायन निकाल्छन् ।
यस्ता विचित्र क्षमता भएका मिचेल अहिले यो संसारमा भने छैनन् । आफ्नो ५७ औँ जन्मदिन मनाएको १० दिनपछि सन् २००७ को जुन २५ मा उनको मृत्यु भयो ।
-onlinekhabar