आन्दोलनमा २१ युवा संगठनको समर्थन
![]() |
काठमाडौं, श्रावण २६ - सरकार विस्थापनको माग गर्दै आन्दोलनरत एमाले भ्रातृ संगठन युवा संघ नेपालका कार्यक्रम प्रति ऐक्यबद्धता जनाउँदै २१ युवा संगठनले संयुक्त आन्दोलन गर्ने भएका छन् । शुक्रबार गरेको सिंहदरबार घेराउ कार्यक्रममा १६ युवा संगठन सभागी भए पनि आगामी कार्यक्रमा २१ संगठन सहभागी हुने युवा संघका महासचिव निरज आचार्यले जानकारी दिए ।
शुक्रबार संयुक्त आन्दोलनको कार्यक्रमबारे व्यापक छलफल भएको छ । युवाले प्रधानमन्त्री निवास घेर्ने, मन्त्री निवास हरिहरभवन घर्ने, सरकार विरुद्ध जनमत संग्रह गर्ने सम्मका कार्यक्रम तयार गरे पनि ती कार्यक्रमको अन्तिम रूप भने शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आचार्यले बताए । नेपाल विद्यार्थी संघका अध्यक्ष रन्जित कर्णले आन्तरिक छलफल पछिमात्र कार्यक्रम सार्वजनिक गर्ने सहमति भएको बताए । कर्णले नेवि संघले आन्तरिक सांगठनिक कार्यक्रमका अतिरिक्त आन्दोलनमा समेत सशक्त उपस्थिति जनाउने बताए ।
![]() |