प्रशंसकको दिवानापन



चर्को फ्यान फलोअर्स स्टारडमका निम्ति उत्तिकै तनावको विषय हुन्छ। यसलाई नजिकबाट अनुभव गरेका नेपाली सेलिब्रेटी हुन्- राजेश  हमाल। तीन वर्ष नै नपुगेकी बालिका अभिरुचि बुढाथोकी डाइहर्ड फ्यान भएर प्रस्तुत हुँदा उक्त घटनालाई फन्नी मानेर विश्लेषण गर्ने राजेश  अहिले तिनै अभिरुचि १९ वर्ष पुगिसक्दा पनि सोही स्वरूपमा प्रस्तुत भएपछि नो मोर फन्नी भन्न बाध्य बनेका छन्। त्यसो त नेपाली चलचित्र  उद्योगमा सबैभन्दा सफल नायकको ट्याग भिरेका हमालका अभिरुचिजस्ता डाइहर्ड फ्यानको संख्या ठूलै छ।

क्रेजी फ्यान सेलिब्रेटीका

चर्को फ्यान फलोअर्स स्टारडमका निम्ति उत्तिकै तनावको विषय हुन्छ। यसलाई नजिकबाट अनुभव गरेका नेपाली सेलिब्रेटी हुन्- राजेश  हमाल। तीन वर्ष नै नपुगेकी बालिका अभिरुचि बुढाथोकी डाइहर्ड फ्यान भएर प्रस्तुत हुँदा उक्त घटनालाई फन्नी मानेर विश्लेषण गर्ने राजेश  अहिले तिनै अभिरुचि १९ वर्ष पुगिसक्दा पनि सोही स्वरूपमा प्रस्तुत भएपछि नो मोर फन्नी भन्न बाध्य बनेका छन्। 

स्टारडमको पछाडि पागल भएर दिवानापन देखाउने शैली बलिउडमा थुप्रै सुनिन्थ्यो। केही दिन अघिमात्र दिवंगत भएका राजेश खन्नाको रो मान्टिक हिरोइज्ममा फिदा युवतीहरूका घटना सञ्चारमाध्यममा उत्तिकै महत्वका साथ प्रकाशन र प्रसारण भएका थिए। भनिन्छ- राजेश  खन्नालाई मन पराउनेहरूले उनीप्रति मोह दर्शाउने क्रममा उनको गाडीको बाहिर यसरी किस गरेका थिए, त्यो गाडी नै गुलाबी देखिएको  थियो। त्यसबाहेक राजेश खन्नासँग विवाहको महत्वाकांक्षा राख्ने दर्जनौंले उनको तस्बिरसँग विवाह गरेका थिए, यस्तो विवाहमा औंलाको  रगतले सिउँदो सजाउने ट्रेन्ड थियो। 

बलिउडका त्रिमूर्ति देवानन्द, राजकपुर र दिलीपकुमारका फ्यान फलोअर्सका किस्सा अझ आश्चर्यलाग्दा छन्। देवानन्दले त कालो चस्मा  लगाएर बाहिर निस्कन नपाउने किस्सा पनि उत्तिकै चर्चित थियो। केही दिनअघि मात्र एक टेलिभिजन शोमा एक भारतीय महिलाले कटरिना  कैफका साथमा रहेका सलमान खानलाई एकपटक छुन मात्र पाए पुग्छ भनेर इच्छा जाहेर गरेकी थिइन्। भारतीय अनलाइनहरूका अनुसार बिग बी देखि आमिर खान, शाहरूख खानसम्मका डाइहर्ड फ्यानका अनेकौं हर्कत सार्वजनिक चर्चा बाहिरै छन्। 

चितवनकी नेपाली युवतीले भारतीय अभिनेता ज्याकी श्राफलाई पाउन उनको घरअघि गएर गजबको दिवानापन देखाएको घटना पनि  सञ्चारमाध्यममा आएको कुरा हो। पुराना नायक मात्र होइन, अहिलेका ऋतिक रोशन, जोन अब्राहम, रणवीर कपुर आदिप्रति आशक्ति दे खाउनेहरूको पनि कमी नभएको बलिउडका अनलाइनहरूले लेखेका छन्। प्रशंसक महिलाहरूले जोन अब्राहमको वीर्य दान लिन चाहेको  समाचारको त अहिले मसी पनि सुक्न पाएको छैन। नयाँ-पुराना यी बलिउड अभिनेताहरूका किस्सा यहाँ उल्लेख गरेर साध्य छैन।  नेपालमा  यसप्रकारको फ्यान फलोअर बनाउने नायकमा राजेश हमाल अग्रपंक्तिमा छन्। 

हमाललाई आफ्नो बनाउने दौडमा एक महिला प्रत्येक वर्ष शालिनदीमा स्नान गरेर व्रत बस्दै आएको बताइन्छ। उनी राजेश हमालको  प्रगतिका निम्ति आफ्नो तर्फबाट सक्दो तीर्थब्रत गरिरहेकी छिन्। त्यसबाहेक घर वरपर र सुटिङमा समेत गएर महानायक हमालप्रति खुलेआम  आशक्ति जनाउनेहरू पनि कम छैनन्। केही समयअघि मानसिक रूपमा विक्षिप्त चितवनकी बालकुमारी अधिकारीले हमालसँग ५२ सालमा  विवाह गरेको भन्दै आफ्ना झन्डै आधादर्जन छोराछोरी पनि राजेश हमालको भएको दाबी गरिन्। उक्त स्क्यान्डलले महानायकलाई हनुमानढोकै  पुग्न बाध्य तुल्यायो। 

'अभिरुचि मेरी फ्यान हुन्, यो सार्वजनिक भैसकेको कुरा नै हो' राजेश हमालले भने- 'तर अहिले उनीसँग मेरो सम्पर्क छैन, उनको जुन  प्रकारको अभिव्यक्ति आएका छन्, त्यसमा आशिंक सत्यतामात्र छ।' हमालका अनुसार अभिरुचि उनको फ्यान भएकी सत्य हो, तर उनीसँग  विवाह गर्ने तथा उनलाई भेटिरहने कुरा होइन। अर्कातर्फ अभिरुचि पनि दुई वर्षयता हमालले भेट्न अड फिल गर्ने गरेको बताइरहेकी छिन्। 

सेलिब्रेटीहरूको पनि पर्सनल लाइफ हुन्छ, यस्ता घटनाहरूले उनीहरूको व्यक्तिगत जीवनमा नकारात्मक असर परिरहेको हुन्छ। रिलेसनसिपमा  रहेका महानायक यतिखेर विवाहको योजना बनाइरहेका छन्, त्यसकारण अभिरुचिको निरन्तरको एकतर्फी प्रयासले उनलाई आजित बनाएको  हुनसक्छ। कुनै बेला तिनै फ्यान अभिरुचिको प्रशंसा गर्न मन पराउने हमाल अहिले यस विषयमा टिप्पणी गर्न इच्छुक नहुनु पनि अभिरुचिको  अति आशक्तिप्रति उनको कुनै रुचि नभएको संकेत हो। किन हमालले आफूलाई बेवास्ता गर्न थाले ? अभिरुचिका निम्ति यो विचारणीय प्रश्न  हो। 

एउटा पक्षमा भनें अभिरुचि पनि सही छिन्। १६ वर्ष अनवरत हमालको फ्यान रहेको बताउने उनी भोलि अरूकसैसँग विवाह गरे छोराछोरी  बोकेर पनि हमाललाई भेट्न जाने बताउँछिन्। एउटा असल प्रशंसकले भन्ने कुरा यही हो, तर फ्यान हो भन्दै सेलिब्रेटीको निजी जीवनमै  हस्तक्षेप गर्ने बालकुमारी शैली पक्कै पनि गलत हो। सेलिब्रेटीलाई इज्जत गर्दै उनीहरूको स्वस्थ कामको स्वस्थ प्रशंसक हुनु आवश्यक छ, से लिब्रेटी पनि आखिर मानिस नै भएकाले उनीहरूको आफ्नो जीवन हुन्छ। कतिपय सन्दर्भमा उनीहरूले पनि गलत काम पनि गरिरहेका हुन्छन्,  त्यसको पनि अन्धाधुन्ध प्रशंसा गर्नु गलत हुन्छ। राजेश हमाल एक व्यक्ति हुन्, उनी सबैको जीवनमा आउन सम्भव छैन्, तर प्रशंसकका रू पमा हजारौंले त्यही एउटा व्यक्तिलाई मनमा सजाउन पाउने अधिकारचाहिँ अवश्य छ। मुख्य कुरा व्यक्तिको हिसाबमा हमालले कसैलाई मन  पराउने अधिकार पनि राख्न सक्छन्। अभिरुचिकै सन्दर्भमा हेर्दा हमाल र उनको उमेरमा तीन दशकजति ग्याप छ। कुनै बेला छोरीसरह माया  गरेको भन्दैमा त्यो मायालाई अभिरुचिले दुई विपरीत लिंगीको प्रेमका रूपमा बुझ्नुहुँदैन्। पहिले राम्रोसँग अध्ययन सक भन्नुको अर्थ अभिरु चिको व्यक्तिगत जीवन सफल बनाउन अग्रजले दिने इनकरेज हो, हमाल आफैं पनि यो कुरा स्वीकार गर्छन्।



मलाई स्क्यान्डलको कुनै चाहना छैन

'तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो,' कर्णदासको यो गीतले भनेझैं अभिरुचि बुढाथोकी पनि यतिखेर राजेश हमालसँगको आफ्नो  सम्बन्धको अर्थ खोज्न लागिपरेकी छिन्। यी तीनै अभिरुचि हुन्, जसले तीन वर्ष हाराहारीमै राजेश हमालसँग उनकै घर गएर विवाह प्रस्ताव  राखेकी थिइन्। अहिले अभिरुचि १९ वर्ष भएकी छिन्। १६ वर्षअघिदेखि राजेश हमालको फ्यान भएको बताउने अभिरुचि यौवनसँगै राजेश  हमालको अर्धागिंनी बन्ने चाहना राख्न थालेकी छिन्। अहिले मेरो जीवनमा कुनै पुरुषले अर्थ राख्छन् भने ती राजेश हमाल मात्र हुन्, अभिरुचि  भन्छिन्- १६ वर्षअघि मैले जसरी राजेश हमाललाई आफ्नो मात्र बनाउने चाहना राखेकी थिएँ, त्यो अहिले पनि कायमै छ। राजेश हमालले  भनेअनुसार नै पढाइमा ध्यान दिँदै अभिरुचिले हालै नर्सिङको प्रमाणपत्र तहमा आफ्नो कलेज टप गरेकी छिन्। चोभार, कीर्तिपुरमा पुख्र्यौली घर  भएकी अभिरुचिले राजेश हमालसँगको सम्बन्धको विषयमा साप्ताहिकसँग खुलेर कुराकानी गरिन्।

राजेश हमाल र तपाईंबीचको यो कस्तो केमेस्ट्री हो ?

यसलाई केमेस्ट्री भन्न कति मिल्छ थाहा छैन, तर उहाँ र मेरो १६ वर्षदेखिको सम्बन्धचाहिँ हो। म उहाँको डाइहार्ड फ्यान हुँ, यो कुरा उहाँ  आफैंले पनि स्वीकार गर्नुभएको छ। नेपाल वानमा उज्जु डार्लिङसँगको कुराकानीमा पनि राजेश हमालले आफैं मेरो नाम लिँदै आफ्नो प्रिय फ्यान भन्नुभएको थियो। 

यो सम्बन्ध सुन्दा त नाटकीय झैं लाग्छ नि होइन ?

हेर्नुस्, यो सत्यकथा हो, अढाई वर्षकी हुँदा ड्याडी-ममी मलाई पनि लिएर रञ्जना हलमा चलचित्र गोपीकृष्ण हेर्न जानुभएको रहेछ, मैले त्यही  बेला पहिलो पटक राजेश हमाललाई पोस्टर र पर्दामा देखेकी हुँ। मेरो जिज्ञासामा ममीले त्यो पुरुष व्यक्तित्व राजेश हमाल भनिदिएपछि मैले  राजेश हमाल दादा भनिरहें रे, ममी अहिले पनि भन्नुहुन्छ। चलचित्रमा राजेश हमालको दोहोरो भूमिका थियो, एउटा राजेश हमाललाई छुरी  हानिएपछि म हमालसँगै पनि बेहोस भएछु। सबैले यति सानो बच्चालाई यस्तो चलचित्र देखाउनुहुँदैन भनेपछि मलाई बाहिर ल्याइएछ,  त्यतिबेला मैले मेरो राजेश दाइ मर्‍यो मात्र भनिरहे रे। 

भनेपछि चलचित्रको हिरोसँग त्यहीबेला नै आकर्षण भएछ ?

चलचित्रभित्रको कुरा भए पनि मलाई उक्त घटना साँच्चै भएको भन्ने भएर हुनसक्छ, त्यसपछि हरेक समयमा मेरो राजेश दाइ मर्‍यो मात्र  भनेछु, भोलिपल्टदेखि ज्वरो आउने, रातभर बर्बराउने, ऐंठन हुने भएपछि चिकित्सकहाँ लगिएछ। औषधीले पनि सुधार नभएपछि उनले परामर्शका क्रममा मनोचिकित्सकलाई पनि देखाउन सिफारिश गरेछन्। मनोचिकित्सकले एकपटक वास्तविक राजेश हमालसँग प्रत्यक्ष भेट गराएपछि,  जीवित नै रहेछ भन्ने पर्ने र मेरो बर्बराहट हट्ने सल्लाह दिएछन्। त्यसपछि चलचित्रक्षेत्रसँग आबद्ध आफन्त मामाको माध्यमबाट म राजेश  हमालको घरमा पुर्‍याइएँ। 

बिरामी अवस्थामा पुर्‍याइएकी बच्चीले कसरी त्यो उमेरमा विवाहको प्रस्ताव गरी त ?

त्यो कुराचाहिँ साँच्चै अचम्मको छ, मलाई पनि त्यो कुरा अहिले प्रस्ट थाहा छैन, किनभने म सानै थिएँ। स्वयं राजेश हमाल र मेरो ड्याडीलाई  राम्रोसँग थाहा छ, पछिसम्म उहाँहरूले तिमीले यस्तो भनेकी भन्नुहुन्थ्यो। मलाई भेट्न किन आएको भनेर राजेश हमालले सोध्दा, मैले मेरो  विवाहको कुरा गर्न आएको भनिछु।

राजेश हमाल र तपाईंबीच उमेरको ठूलो ग्याप छ, तपाईं उहाँलाई के भनेर सम्बोधन गर्नुहुन्छ नि ?

मैले त्यो उमेरदेखि अहिलेसम्म राजेश हमाललाई प्रत्यक्ष भेट्दा राजेश हमालज्यू भनेकी छु। पहिलो पटक घर नै गएर त्यति सानो उमेरमा  विवाह प्रस्ताव गरेकी मैले र्फकने बेलामा ड्याडीले हवस् त राजेशजी भनेर बिदा माग्न खोज्दा ड्याडीलाई जबर्जस्ती ज्वाइँ भन्न पनि  लगाएकी थिए रे। राजेश हमाल मेरो मात्र हो भन्ने भावनाका कारण पनि मैले उहाँलाई नामबाटै सम्बोधन गर्दै आएकी छु। 

तपाईंको विचारमा राजेश हमाल स्वयं यो सम्बन्धलाई कसरी लिनुहुन्छ ?

उहाँले नेपाल मेडिकल कलेजको वाषिर्क पत्रिका (सोभेनियर) आफैंले लेख्नुभएको इलेभेन्थ मोमेन्ट एक्रोस द फ्यानमा तीन वर्ष नपुगेकी बच्ची  आफ्नो डाइहार्डफ्यान भएको घटना फन्नी लागेको तर त्यही बच्ची अहिलेसम्म पनि आफ्नो फ्यान भैरहेको देख्दा नो मोर फन्नी भन्न बाध्य  भएको कुरा उल्लेख गर्नुभएको छ। 

विवाह गर्ने तत्कालीन प्रस्तावमा राजेश हमालको उत्तरचाहिँ के थियो नि ?

म तीन वर्षे बालिकाले राखेको प्रस्ताव आफैंमा अचम्ममा पार्ने खालको थियो, उहाँलाई भेट्नेबित्तिकै मेरो बिरामी पनि निको भैसकेको थियो,  हमालज्यूले कलेज पढेर फस्ट भयौ भने तिमीसँगै विवाह गर्छु भन्नुभएछ।

सानोको कुरा सानोमै सकियो नि होइन, अब फेरि त्यही कुरा दोहोर्‍याइराख्नुपर्छ र ?

म स्कुलमा अध्ययन गर्न थालेपछि हमालज्यूसँगको भेटमा ६ वर्ष ग्याप भयो । म पूरै विद्यालय अध्ययनमा जुटेकी थिएँ, राम्रोसँग पढाइ सकेर  हमालज्यूलाई भेट्ने मेरो योजना थियो। एक दिन चोभारकै सुटिङका क्रममा मेरा साथीहरूले राजेश हमाललाई भेटेछन्। तपाईंको फ्यान  अभुलाई हामी चिन्छौं भनेछन्, हमालज्यूले तत्कालै अभिरुचि ? भन्नुभएछ, अनि ५ रुपैयाँको नोटमा आफ्नो फोन नम्बर दिँदै सम्पर्क गर्ने  सन्देश पठाउनुभएछ, राजेश हमालले चोभारको अभिरुचि हो भने उसलाई फोन गर्नु भनेपछि मैले नौ वर्षको उमेरमा उहाँलाई घरबाटै फोन  गरे, उहाँले सुटिङमा बोलाउनुभयो। 

अनि फेरि विवाहको प्रस्ताव राख्नुभयो होला हैन ?

हो, फेरि विवाह प्रस्ताव राखें, उहाँले पनि अब त मसँग विवाह गर्दिनौ होला नि ? भनेर सोध्नुभयो, मैले अझै गर्छु भनें, किनभने उहाँसँग  विवाह गर्ने मेरो सानैदेखिको दृढसंकल्प थियो। त्यसैले उहाँले पढाइलाई निरन्तरता देऊ, सुटिङको समयमा भेट्न आऊ भन्नुभयो। बेलाबखत  उहाँ आफैं आज यहाँ सुटिङ छ भन्नुहुन्थ्यो, अनि कहिलेकाही घुम्न जाने भनेर पनि बोलाउनुहुन्थ्यो। मेरा अभिभावकसँग सल्लाह गरेर नै उहाँले  मलाई थुप्रै ठाउँमा लानुभयो। 

भनेपछि त डेटिङ पनि खुब भयो होइन ?

मैले सुरुमै भनिसकें, म राजेश हमालकी डाइहार्ड फ्यान थिए, उहाँ पनि मसँग प्रभावित हुनुहुन्थ्यो। ६ वर्षको ग्यापपछि भने हाम्रो भेट निकै  बाक्लियो। उहाँकी भान्जी पनि मेरै उमेरकी भएकीले झन् सजिलो भयो। 

अहिलेसम्म कति पटक भेट भयो त हमालजीसँग ?

यति भनेर साध्य नै छैन, १ सय ५० पटकभन्दा बढी भयो होला। दुई वर्ष अघिसम्म त बाक्लै भेट हुन्थ्यो, त्यसयताचाहिँ खै किन हो, अड  फिल गर्न थाल्नुभएको छ। उहाँको ममी बित्दा मात्रै म ४-५ पटक घर नै गएकी थिएँ। 

राजेश हमालसँग भेट हुने माध्यमहरूचाहिँ कस्ता थिए र भेट्दाको पहिलो प्रतिक्रिया कस्तो हुन्थ्यो ?

सानो उमेरमा ६ वर्ष ग्याप भए पनि त्यसपछि चाहिँ निरन्तर भेट भैरह्यो, एकपटक मेरो घरको फोन बिग्रँदा कसैलाई घरमै पठाएर म्यासेज  दिनुभएको थियो। अक्सर फोनबाटै हाम्रो भेट तय हुन्थ्यो। उहाँले फ्यानका रूपमा मलाई धेरै महत्व दिनुभएकाले पनि भेट्न कहिल्यै गाह्रो  भएन। भेट्दा म उहाँलाई अँगालो मार्छु, गालामा किस गर्छु, हेन्डसेक गर्छु, राजेश हमालज्यू के छ खबर भन्छु। 

अनि सुटिङमा नायिकाहरूलाई दुव्र्यव्यवहार पनि गर्नुभयो रे नि ?

म भित्र राजेश हमाल मेरो मात्र हो भन्ने भावना यति प्रवल थियो कि, त्यसकारण नायिकाहरूले राजेश हमालज्यूलाई अँगालो मार्दा मलाई  इष्र्या हुन्थ्यो। मेरो राजेश हमालको हात छोड, हग नगर पनि भन्थें। मैले थुप्रैलाई नछोईकन अभिनय गर्ने भए गर, नत्र मिल्दैन भन्नसम्म भ्याएँ।  पूणिर्माले चन्द्र रोज्यो शीर्षकको गीतमा मैले ऋचा घिमिरेलाई मिसबिहेव गरेकी थिएँ, त्यस्तै, यस्तै रहेछ जिन्दगीमा जल शाहसँग पनि त्यस्तै  नराम्रो व्यवहार गरेकी थिएँ। जल शाहले आफैं एक दिन बहिनी, तिम्रै हो राजेश हमाल, ढुक्क होऊ भनेपछि मात्र म कुल भएकी थिएँ। 

चलचित्रमा नायिका बन्ने अफर पनि आएको थियो हैन ? किन गर्नुभएन ?

पछिल्लो अवधिमा पनि हमालज्यूले पढ्नुपर्छ भनेर इनकरेज गर्नुहुन्थ्यो, पढ्यौ भने मात्र चाहेको कुरा पूरा हुन्छ भनेकाले पनि म पढाइमा जोड  दिन्थें। एसएलसी सकिएपछि एमटी लामाले टिनएजरहरूको स्टोरीमा फिल्म बनाउने भनेर मलाई नायिकाका लागि अफर गर्नुभएको थियो, तर  त्यसमा मेरो हिरो राजेश हमाल नहुने भनिएको थियो, यसबीच राजेश हमालज्यूले तिमी ध्यान यता नमोड, पढाइमा असर पुग्छ, भन्नुभयो।  उहाँले पढाइ सकेपछि मेरो चाहना पुरा हुने भन्दै आएकाले पनि मैले उहाँको कुरा मानेर चलचित्रमा अभिनय नगर्ने निर्णय लिएँ। मैले चलचित्र  चित्कारमा निरुता सिंहको बाल्यकालको भूमिकामा अभिनय पनि गरेकि थिएँ। 

तपाईंको र हमालजीको किस्मत कनेक्सन नै जस्तो छ त्यसो भए ?

सानो छँदासम्म राजेश हमालसँग मात्र विवाह गर्छु भनेकी थिए, अहिले पनि प्रस्तावलाई निरन्तरता दिइरहेकी छु, किनभने मेरो फस्ट च्वाइस  हुन् राजेश हमाल। कथमकदाचित राजेश हमालसँग मेरो विवाह भएन भने पनि म उहाँ डाइहार्ड फ्यान रहि नै रहन्छु। अरू कसैसँग मेरो  विवाह भएको अवस्थामा पनि बच्चा बोकेर राजेश हमाललाई भेट्न जान्छु। 

राजेश हमालले प्रेममा परेको र छिट्टै विवाह गर्ने भनिरहनुभएको छ, त्यही भएर तपाईसँग अड् फिल भएको हो कि ?

हेर्नुहोस, राजेश हमालका हिजो पनि गर्लफ्रेन्ड थिए र आज पनि छन्। कुनै बेला मैले चलचित्र इज्जत राजेश हमालसँगै बसेर हेरेकी थिए, त्यो  बेला पनि एउटी गर्लफ्रेन्ड उनकै साथमा थिइन्। त्यसैले मलाई राजेश हमालको जीवनमा आउने गर्लफ्रेन्डहरू टाउको दुखाइ होइनन्।  ती  सम्बन्धहरूमा उतारचढाव आए, हिजोका गर्लफ्रेन्ड आज कहाँ पुगिसके, अहिलेकी गर्लफ्रेन्डसँग पनि वैवाहिक सम्बन्ध हुन्छ भन्ने ग्यारेन्टी नै  कहाँ छ र ? तर मेरो र उहाँको सम्बन्ध कन्स्टेन्ट छ। म हिजो जसरी उहाँको फ्यान थिए, आज पनि छु र भोलि पनि रहन्छु। 

त्यसो भए तपाईं अझै हमालसँगै विवाह हुने सम्भावना देख्नुहुन्छ ?

विवाहको सम्भावना नै नभएको भन्ने होइन, मैले जसरी उहाँलाई चाहँदै आएकी छु, उहाँले पनि चाहनुभयो भने त सम्भव भैहाल्छ नि। लगाव  राख्नु र दबाब दिनु एउटै कुरा होइन। मैले उहाँसँग लगाव राखेको हो, यो कुनै दबाब होइन। राजेश हमालसँग विवाह हुनसक्छ, तर विवाह  भएन भने म मर्छु, अरु कसैसँग विवाह नै गर्दिनँ भन्ने पनि होइन।

तपाईले उमेर ग्यापचाहिँ बिर्सनुभयो कि ?

प्रेम र विवाहमा उमेरले फरक पार्दैन। मेरो र उहाँबीचमा उमेरको ठूलो ग्याप होला, तर मन मिल्नु मुख्य कुरा हो। मैले उमेर हेरेर उहाँलाई  मन पराएकी पनि होइन। राजेश हमाल मसँग विवाह गर्न तयार हुनुभयो भने समाज, मेरा ड्याडी-ममी र परिवारले के भन्छ भनेर म सोच्दिनँ, किनभने मेरो व्यक्तिगत निर्णयका लागि म आफू सक्षम छु। 

राम्री हुनुहुन्छ, अहिले तपाईं पनि कसैसँग रिलेसनमा हुनुहुन्छ ?

राम्री भनिदिनुभयो, धन्यवाद, म आफूलाई त्यति राम्री पनि मान्दिनँ। यद्यपि मलाई मन पराएर पछ्याउनेहरू नभएका होइनन्। अहिले पनि माया  गर्छु मन पराउँछु भन्नेहरू छन्, तर म रिलेसनमा छैन। अहिले तत्काल ब्वाइफ्रेन्ड बनाउने कुनै स्पेस नै राखेकी छैन। पहिले राम्रो श्रेणीमा  स्नातक तह उत्तीर्ण गर्छु, त्यसपछि हमालज्यूले भनेझैं चाहेको कुरा पूरा होला कि ? 

राजेश हमालले त यो वर्ष विवाह गर्ने बताइसक्नुभएको छ नि ? 

हो, मैले पनि यो कुरा सुनेकी छु, सुन्दा कता-कता चित्त दुख्छ, तर म हेल्दी रिलेसनमा विश्वास गर्ने भएकीले आफूलाई नियन्त्रण गर्न सक्छु।  विवाह भैहाल्यो भने ठीकै छ, तर नहुँदासम्म सम्भावनाको ढोका खुल्लै रहन्छ नि। मैले पनि पढाइ सकेकी छैन, पहिले त पढाइ सक्नुपर्‍यो नि ! 

राजेश हमालले त सानी नानी राम्रोसँग पढोस् भनेर त्यस्तो भन्नुभएको होला नि ?

तिमीले राम्रोसँग पढ्नुपर्छ, कलेज पढिसकेपछि मात्र तिमीले चाहेको मसँगको विवाहको कुरा पूरा हुन्छ भन्नुभएको हो, मैले पनि उहाँले भनेझैं  प्रमाणपत्र तह नर्सिङमा कलेज टप गरेकी छु। यसको क्रेडिट उहाँलाई नै जान्छ, तर झूट्टा आश्वासन दिनुचाहिँ राम्रो होइन। बाल्यकालदेखि  अहिले किशोरी अवस्थासम्म उहाँले पढ अनि तिमीसँग बिहे गरौंला भन्नुभयो, तर त्यो त झूटो आश्वासन दिएजस्तै  भयो। 

त्यसो भए के गर्नुपर्‍यो त उहाँले ?

उहाँ हाइली नलेजेवल पर्सनालिटी, बोलीले प्रभावित गर्न सक्ने व्यक्ति, मैले उच्च आदर गरेको मेरो हिरो, म उहाँजस्तो सक्षम व्यक्ति पनि हो इन, एउटा बच्चालाई दिएको आश्वासन पूरा गर्ने नगर्ने उहाँको हातमा छ। एउटा बालमस्तिष्कलाई आश्वासन दिएर त्यो पुरा नहुँदा के होला  ? उहाँ बुद्धिजीवी हुनुहुन्छ, कसैलाई कुनै कुरा भनेर उसको मनमा त्यो कुरा गढेको छ भने त्यसलाई कसरी समाधान गर्ने भनेर उहाँले मनन  गरिदिए हुन्थ्यो। यतिका वर्षसम्म पनि निरन्तर डाइहर्ड फ्यान रहेकी मलाई उहाँको अहिलेको व्यवहारले दुःख लाग्छ।

तपाईं त यसरी कुरा गरिरहनुभएको छ कि भोलि तपाईंले अरू कसैसँग विवाह गर्नुभयो भने त्यो सम्बन्धमा पनि समस्या आउँछ नि ?

हो, अरू कसैसँग विवाह भए मेरो वैवाहिक जीवनमा नकारात्मक असर पर्न सक्छ तर सेलिब्रेटी फ्यानको ट्रेन्ड नयाँ नभएकाले मलाई विवाह  गर्ने मानिसले त्यो कुरा बुझ्नुपर्छ। म राजेश हमालको हकमा सम्झौता गर्न सक्दिनँ। म सधैं राजेश हमालको फ्यान रहन्छु। अनि अर्को कुरा  राजेश हमालको फ्यान भन्दैमा हरेक दिन राजेश हमाललाई भेटि रहने भन्ने पनि होइन, पारिवारिक रिलेसन श्रीमान्सँग र डाइहार्डफ्यानको  रिलेसन हमालज्यूसँग कायम राख्ने प्रयासमा हुन्छु। 

यो सबै स्क्यान्डल पो हो कि ?

मैले स्क्यान्डल गर्नु थियो भने धेरै अघि नै गरिसक्थें, उहाँ र मेरो सम्बन्ध १६ वर्षयता निरन्तर छ। आठ वर्षअघि प्रभात रिमालले टेलिभिजन  शो फेस टु फेसमा मसँग अन्र्तवार्ता लिनुभएको थियो, त्यसलगत्तै स्क्यान्डल मच्चाउन खोजेको भए भैहाल्थ्यो नि। मैले अहिलेसम्म पनि  फेसबुकमा राजेश हमालज्यू मेरो संयुक्त तस्बिर राखेकी छैन। यो सम्बन्धलाई चर्चामा ल्याउने कुनै इच्छा पनि होइन। पछिल्लो समयमा रोशन  हमालले निर्देशन गरेको चलचित्र रङको छायांकन हेर्न गएकी थिएँ, त्यहाँ राजेश हमाल र करिश्मा मानन्धर अचानक आइपुग्नुभयो। हाम्रो हाई -हेल्लो भयो। म निस्कने बेलामा पत्रकारहरूले तपाईं फ्यान अभिरुचि होइन भनेर समातिहाले, हल्ला नै मच्चाउनु थियो भने म त्यतिबेलै पनि  मच्चाउन सक्थें, तर स्क्यान्डलको कुनै चाहना छैन मलाई।

सडकमा सुत्ने व्यक्तिलाई पनि चिया खुवाएर पठाउँछु

अहिलेसम्मको यात्रामा कस्ता-कस्ता फ्यानहरू देखिए ?

विभिन्न किसिमका फ्यान देखिएका छन्, केहीचाहिँ असाध्यै शुभचिन्तक, राजेश हमाललाई अनुसरण गर्न खोज्ने, आइडियल पर्सनका रूपमा  लिने, पर्दाको राजेश हमाललाई आफ्नो मान्नेहरू। त्यसबाहेक पर्दा बाहिरको राजेश हमालको व्यक्तित्व, क्रियाकलापबाट प्रभावित हुने  फ्यानहरू पनि उत्तिकै पाएको छु। डाइहर्ड फ्यानमध्ये कसैले तस्बिरसँग विवाह गरेको भन्दै सात जुनीसम्म तपाईं मेरो पनि भन्नुभएको छ।  बेलाबखत विभिन्न सञ्चारमाध्यमबाट पनि डाइहर्ड फ्यानका कुरा आइरहेका हुन्छन्। उमेरमा  गजबका फ्यान हुनेहरू परिपक्व भएपछि  आफ्नै घरजममा व्यस्त भएका घटना पनि छन्। फ्यान हुनु कलाकारका लागि सुखद पक्ष पनि हो, त्यसकारण कसैले म तपाईंको फ्यानभन्दा  म रुखो हुनु आवश्यक छैन। मैले फ्यान र आफूबीच पनि व्यावसायिक दूरी राखेको छु। जुन कुरा फ्यानहरूले पनि बुझिदिनुपर्छ। 

डाइहर्ड फ्यानहरूका कारण व्यक्तिगत जीवनमा कति अफ्ठयारो परेको छ ?

सेलिब्रेटीका लागि फ्यान आवश्यक कुरा हो। यसमा सेलिब्रेटी पनि खुसी नै हुन्छन् तर त्यसको एउटा सीमा हुन्छ। व्यक्तिगत जीवनमा असर  पुर्‍याउने काम फ्यानहरूले गर्नु हुँदैन। डाइहर्ड फ्यानले सेलिब्रेटीलाई एकदमै पिछा गर्न थाले भनें सेलिब्रेटीले पनि त्यहि हिसाबमा जानुपर्छ। म  पनि कसैको क्रेजी फ्यान छु, तर उसँग मैले आफ्नै ढंगले फ्यानको व्यवहार प्रस्तुत गर्ने हो, पहिलो कुरा म जसको फ्यान छु, उसँग पुग्ने  पहुँच सहज छैन्, दोस्रो कुरा पहुँच भए पनि म उसको कलाको फ्यान हो, व्यक्तिगत रूपमा उसको व्यवहार नै थाहा छैन भनेपछि किन  उसको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने भनेर सोच्छु। मैले सोचेभन्दा उ विपरीत हुन पनि सक्छ। फ्यानबाट आउने एकाध घटनाबाट मैले टे न्सन त लिएको छैन्, तर बुझाउने क्रममा कहिलेकाहीँ कडा भाषा बोल्न बाध्य भएको छु। कुनै पनि कुरा एक पक्षीय हुनसक्दैन। फ्यानले  अनावश्यक रुपमा गहिराइमा पुगेर सेलिब्रेटीको जीवनमा हस्तक्षेप गर्न पाउँदैन्। मेरो व्यक्तिगत जीवनमा हुने क्रियाकलाप, सोचाइ आदि अलग  हुनसक्छ  म पब्लिक फिगर भन्नेबित्तिकै आफ्नो व्यक्तिगत जीवनसँग सम्झौता गर्न सक्दिनँ। म बेलायतकी महारानीको फ्यान भन्दै बकिंघम  प्यालेसमा जबर्जस्ती घुस्ने कुरा आउँछ ?

अनि आश्वासन दिएर अहिले वास्ता गर्नुहुन्न भन्ने आरोप खआयो नि ?

(हाँसो), अचम्मको कुरा होइन, ३-४ वर्षकी बालिका फ्यान भएर प्रस्ताव राख्दा हाँस्ने कुरा बाहेक अरू के नै हुनसक्छ र ? अनि मैले उसलाई  धेरै पढ्नुपर्छ भन्नुपर्छ कि पर्दैन ? त्यति सानी बालिकासँग मैले माया दर्साउनुबाहेक अरू के नै गर्न सक्छु ? त्यो उमेरको बच्चाले भनेको कुरा  गम्भीर रूपमा लिनु आवश्यक पनि थिएन्। उमेरको यत्रो ग्याप छ, उसको भनाइअनुसार मैले त्यसप्रकारको माया गरेको पनि होइन्। आमा  वित्दा, जुठो बारिरहेको बेलामा समवेदना दर्साउन आउने कुरालाई व्यक्तिगत साँठगाँठसँग जोड्नु राम्रो होइन। उहाँ विशुद्ध फ्यान हो, फ्यान  भएका कारण मैले पनि राम्रो व्यवहार गर्दै आएको हो। फेरि उहाँसँग मेरो सुटिङ स्पटबाहेक अन्यत्र भेट भएको पनि होइन्। कुनै चलचित्रको  प्रिमियरमा मेरो छेउमा बसेर कसैले चलचित्र हेर्छ भनेकै आधारमा म उसँगै चलचित्र हेर्न गएको हुनसक्दैन्। जवान हिरोलाई यसरी एकपक्षीय  रूपमा विवाहका लागि पेलेको भए उसलाई चाहिँ गाह्रो हुन्थ्यो होला, मलाई खासै फरक पर्दैन।  

किन यस्तो दिवानगी हुन्छ ?

यो नौलो कुरा पनि होइन्, राजेश खन्नाले विवाह गर्दा सयौंले आत्महत्या गरे भन्ने हल्ला थियो। अन्य कलाकारको सन्र्दभमा पनि यस्ता किस्सा  सुनिन्छन्। मानिसहरू सार्वजनिक जीवनमा व्यक्ति जस्तो देखिन्छ, त्यही नै उसको स्वभाव मान्छन्। कतै बाहिर भेटेको छ भनें उसको राम्रो  व्यवहार देखेर अझ नजिक भएको महसुस गर्छन्। मलाई पनि सुटिङ, प्रिमियर तथा कार्यक्रमहरूमा धेरैले भेट्नुभएको छ, अनि कलाकार राजेश  हमालसँग मात्र भएको चिनजानका आधारमा डाइहर्ड फ्यान बन्नुहुन्छ, त्यसपछि एकपक्षीय निर्णय लिइ हाल्नुहुन्छ। सेलिब्रेटीको हकमा पनि  व्यक्तिगत निर्णय गर्दा व्यक्तिगत तवरकै सामीप्यता आवश्यक छ, यसले वास्तविक रूपमा उसको बानी र चरित्र थाहा हुन्छ। त्यस्तै निर्णय पनि  दुई पक्षीय हुनु आवश्यक छ। 

यस्ता दिवानाहरूको पहुँचलाई रोक्न तपाईंलाई सुरक्षाकर्मी चाहिएको हो ?

तपाईंले महत्वपूर्ण कुरा गर्नुभयो, हामी नेपाली कलाकारहरूलाई जसले जतिबेला भेट्न चाहयो भेट्न सक्छन्। भेट्नलाई कुनै माध्यम पार गरेर  आउनुपर्ने भए केही हदसम्म राम्रो हुन्थ्यो। सुटिङमा कुर्सीमा बसिरहेको समयमा जो कोही आएर गफ गर्न खोज्छ, म तपाईंको प्रशसंक हुँ भन्छ  भने त्यसलाई बेवास्ता गर्न मिल्दैन। त्यसकारण पनि म सुटिङमा ढिलो जान्छु। अनावश्यक गफ्फिनु नपरोस् भनेर। अनि अर्को कुरा म सडकमा  सुत्ने व्यक्ति पनि फ्यान हुँ भनेर आउँदा उसलाई घरमा चिया ख्वाएर पठाउँछु। मैले राख्ने समभाव हो यो। मैले फ्यानसँग पनि व्यावसायिक  सम्बन्ध मात्र राख्दै आएको छु। अन्य कलाकारको तुलनामा मैले आफूलाई केही हदसम्म व्यवस्थापन गरेको छु, तर उहाँहरूलाई झन गाह्रो छ।  एकाध घटनाबाहेक अरू कुनै समस्या नभएकाले अहिले नै सुरक्षाकर्मी को आवश्यकता महसुस भएको छैन। अब हदै भयो भने चाहिँ सोच्नुपर्छ ।