मोबाइल टिभी



अमेरिकी मोबाइल निर्माता कम्पनी मेट्रो पीसिएस इन्कले टेलिभिजन हेनै मिल्ने मोबाइलको बिक्री प्रारम्भ गरेको छ। लन्डन ओलम्पीकलाई  ध्यानमा राखेर उक्त कम्पनीले टेलिभिजन रिसिभ गर्ने सामसुङको ग्यालेक्सी एस लाइटरे ४ जी मोबाइल बिक्रीमा ल्याएको हो। डलास  सहरस्थित मेट्रो पीसिएस इन्क नामक कम्पनी अमेरिकामा सबैभन्दा बढी मोबाइल सेल फोन सेवा प्रदायकमध्येको पाँचौ ठूलो कम्पनी हो। टे लिभिजन कार्यक्रम टिप्ने उक्त मोबाइल सेट अत्यन्त उच्च गतिमा इन्टरनेट डाटा र टेलिभिजन च्यानलहरू टिप्ने दुई वर्ष पुरानो जिन्जर बे्रड  नामक गुगलको एन्ड्रोइड २ दशमलव ३ अपरेटिङ सिस्टमबाट चल्छ। एक जिबीको सिङ्गल कोर प्रोसेसरले युक्त यो मोबाइल फोन ४ जि स्मार्ट  फोन हो। यो मोबाइल फोनमा आठ मेगापिक्सलको रियर फेसिङ क्यामरा जडान गरिएको छ। लुक त्यति आकर्षक नभए पनि यो फोनको विशे षता 'फ्री' टिभी च्यानलहरू टिप्नु हो।

मोबाइल फोनमा राखिएको डायल पावर एप्स सर्भिसले अमेरिकाका विभिन्न ३७ वटा सहरमा स्थापना गरिएका टेलिभिजन च्यानलहरू  निःशुल्क हेर्न सकिन्छ, जसमा अमेरिकामा ख्याति कमाएका एबिसी, सिबिएस, फक्स, एनबिसी, टेलेमन्डो तथा बालबालिकासम्बन्धी टेलिभिजन  कार्यक्रम प्रसारण गर्ने क्युबोको प्रसारणसमेत निःशुल्क हेर्न सकिन्छ। यसमा स्थानीय टेलिभिजन प्रसारणसमेत हेर्न सकिन्छ। यो मोबाइलका  कारण लन्डनमा सम्पन्न ओलम्पिक खेलसम्बन्धी टेलिभिजन समाचार हेर्न र सुन्न अमेरिकीहरूलाई सजिलो भएको थियो। टेलिभिजन टिप्ने  क्षमता भएको ग्यालेक्सी एस ४ जीको मूल्य २ सय डलर मात्र पर्ने भए पनि बजारमा अत्यधिक मागका यो कारण स्थानीय बजारमा ४ सय  ६० डलरसम्ममा बिक्री भएको बताइन्छ।

यो मोबाइल फोनमा टेलिभिजन कार्यक्रम टिप्ने एन्टेना पनि जडान गरिएको छ, जसलाई तानेर कार्यक्रमहरू सफा र प्रस्ट रूपमा हेर्न  सकिन्छ। स्मार्ट फोनको उच्चतम प्रविधि विकासमा नाम कमाएको एप्पलको आइ फोनमा पनि टिभी हेर्न सकिने सुविधा छैन। अहिले आएर  न्युयोर्क सहरस्थित एरो नामक कम्पनीले इन्टरनेटको माध्यमबाट आइफोन र आइप्याडमा टेलिभिजन हेर्न सकिने सशुल्क सेवा प्रदान गर्दै  आएको छ, तर सामसुङको ग्यालेक्सी एस लाइटरे मोबाइलमा निःशुल्क र सहज रूपमा टेलिभिजन हेर्न पाइने भएपछि बजारमा यो मोबाइल  किन्नेहरूको भीड बढेको छ।