बुढाको हत्या गर्न ब्रा को पासो
![]() |
स्तन छोप्न प्रयोग गरिने ब्रा अर्थात् वक्षकवच कहिलेकाहीँ मान्छे मार्ने
हतियारको रुपमा पनि प्रयोग हुँदो रहेछ । यसको पछिल्लो प्रमाण रुसमा फेला
परेको छ ।
रुसको साइबेरिया क्षेत्रमा एक महिलाले
आफ्नो ब्राको पासो लगाइदिएर एक वृद्धको हत्या गरेकी छिन् । २६ वर्षकी ती
महिलाले रक्सी किन्न पैसा नदिएको निहुँमा बुवा समानका ती छिमेकी बुढालाई
आफ्नै छातिमा लपेटिएको ब्रा फुकाली बुढाको घाँटीमा कसेर मारेकी हुन् ।
बुढाले पैसा दिन नमानेपछि सुरुमा ती महिलाले एक दुइ झापड लगाइछन् ।
गालामा झापड खाएपछि ती वृद्ध भाग्न
थालेछन् । बुढा भाग्न थालेपछि ती महिलाले आफुले लगाएको ब्रा फुकालेर डोरीको
रुपमा उपयोग गरी ती बुढाको घाँटी अठ्याएर तानिन् । त्यसपछि उनले बुढाको
घाँटीमा ब्रा मज्जाले कँसिन् । विचरा ती वयोवृद्ध, घाँटीमा ब्रा को पासो
लागेपछि सास रोकियो र केहीबेरमै जिब्रो टोक्न बाध्य भए ।
ब्राको पासो लगाएर वृद्धलाई मार्ने ती महिलाले १५ वर्षको जेल सजायँ पाएकी छिन् ।
-onlinekhabar
![]() |