समुद्रमा तैरिएको चीनको विचित्र गाउँ (फोटो फिचर सहित)

चीनको सेन्डुआओ गाउँलाई भविष्यको वाटर वल्र्ड पनि भनिन्छ । समुद्रमा को यो गाउँ चिनको सबैभन्दा घना वस्ती भएको क्षेत्र हो । विश्वमै समुद्रमा रहेका यस्ता वस्तीहरु निकै कम मात्र छन् । चीनको फुजिआन प्रान्तस्थित निगडे गाउँबाट यो केवल ३० किलोमिटर मात्र टाढा छ । चीनका अन्य गाउँमा जस्तै यो समुद्रमाथिको गाउँमा पनि घरहरु काठले बनेका छन् । मात्र फरक के हो भने, अरु गाउँमा जमिनको जगमा घर बनाइन्छ भने यहाँ बाँस तथा काठकै पूलमाथि घर बनाइएको छ । यस्ता घरलाई पानीमाथि तैरिनका लागि प्लास्टिकका ब्यारेल तथा पिबीसी टुक्राहरुको समेत प्रयोग गरिएको छ ।

50

यो गाउँमा बस्ने मानिसहरुलाई पानीमाथि नै हाइसन्चो छ र उनीहरुलाई गुजारा गर्न जमिनमा टेक्ने जरुरत छैन । यो गाउँमा मानिस आत्मनिर्भर छन् । समुद्रमा माछा पालन तथा खेति गरेर रोजीरोटी चलाइरहेका छन् ।
अझ अनौठो कुरा त के भने या समुद्रमाथिको गाउँमा हुलाक कार्यालय, प्रहरी चौकी तथा रेष्टुरेन्ट र पसल समेत छन् । वास्तवमा यो गाउँ निकै पूरानो हो । दोश्रो विश्वयुद्धका बेला जापानी सेनाको आक्रमणबाट यो गाउँ ध्वस्त भएको थियो र पछि झण्डै एक दशक लगाएर यसको पुनर्निमाण गरिएको थियो । अहिले यो गाउँ निकै उत्पादक रहेको छ र यहाँ उत्पादन हुने सी फुड चिनका विभिन्न क्षेत्रका साथै विदेशमा समेत निर्यात हुने गरेको छ ।