नयाँ निर्वाचन कि पुनस्थापना, चाँडो टुंगो लगाउनुहोस : राष्ट्रपति
![]() |
१४ भदौ, काठमाण्डौं । राष्ट्रपति डाक्टर रामबरण यादबले सविधानसभाको नयाँ निर्वाचन वा संविधानसभा पुर्नस्थापना भन्ने विषयमा तत्काल सहमति जुटाउन शीर्षदलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ । मधेशी मोर्चा सहित एकीकृत नेकपा माओवादी, काँग्रेस, एमालेका शीर्ष नेताहरुसँगको छलफलमा चाँडै सहमति कायम गरी राजनीतिक गतिरोध अन्त्य गर्न सुझाब दिनुभएको हो ।
दलहरुका शीर्ष नेताले पनि चाँडैनै सहमति गर्ने प्रबद्धता जनाएका छन् ।
बैठकपछि एमाले अध्यक्ष झलनाथ खनाले संबिधान लेखनका बाँकी रहेका विवादित विषयमा सहमति गरेर संविधानसभा पुनस्र्थापना गर्ने अथवा प्रकृयामा नै जाने भन्ने बारेमा राष्टपतिलाई जानकारी गराएको बताउनुभयो । उहाले विवादित विषय नमिलेमा ताजा जनादेशमा जाने उल्लेख गनुभयो ।
त्यस्तै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले राष्ट्रपति संविधान ल्याउनुपर्नेमा चिन्तित रहेको जानकारी दिदै जसरी भएपनि संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले राष्ट्रपति संविधान ल्याउनुपर्नेमा चिन्तित रहेको जानकारी दिदै जसरी भएपनि संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय राष्ट्रपति यादवले अध्यादेशमार्फत मुलुक चलाउन खोजेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईसँग रुष्ट बन्नुभएको छ । छलफलमा एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाआवद्ध विभिन्न दलका शीर्ष नेताहरुको सहभागी रहेको थियो ।
![]() |