ग्याङ्स अफ वासेपुर-२
![]() |
ग्याङ्स अफ वासेपुरको सिक्वेल चलचित्र यही शीर्षकमा दर्शकमाझ आएको छ। गत बुधबार सार्वजनिक भएको यो चलचित्रलाई एक्सन तथा थ्रिलर शैलीमा तयार पारिएको छ। अनुराग कश्यपले यो चलचित्रको निर्माण तथा निर्देशन गरेका हुन्। चलचित्रमा मनोज बाजपेयी, नसिरुद्दिन सिद्दिकी, तिक्मान्सु धुलिया, ऋचा चढ्ढा, हुमा कुरेसी, पीयूष मिश्रा, रीमा सेन, राजकुमार यादव आदि कलाकारले अभिनय गरेका छन्। चलचित्रको कथा रोमाञ्चक छ। वासेपुर अब त्यो सहर रहेन जहाँ सरदार खान तथा रामधीर सिंहका बीच युद्ध हुन्थ्यो। अहिले त्यहाँ पैसा भएको नयाँ पुस्ता तयार भैसकेको छ। अवैध तरिकाले पैसा कमाउने मानिस, निर्वाचनमा धाँधली, भ्रष्ट सरकारी अधिकृत तथा गुन्डागर्दीले सहरको वातावरण बिगारिरहेको छ। वासेपुरका प्रायः सबै मानिस सहरका सबैभन्दा शक्तिशाली फैजस खानसँग सम्बन्ध जोड्न चाहन्छन्। रामधीर सिंहको सफाया उनको एक मात्र उद्देश्य हो। यो चलचित्रमा बदलाको कथालाई टुंग्याइएको छ। चलचित्रमा मनोज वाजपेयीले सरदार खानको भूमिका निर्वाह गरेका छन् भने नवजुद्दिन सिद्दिकीले फैजल खानको।
![]() |