श्वेताको आगमन


जीवन लुइँटेल चकलेटी नायकका रूपमा स्थापित छन्। नायिकाहरू समेत जीवनसँग अभिनय गर्न सहजै तयार हुन्छन्। जुन नायिकासँग  जीवनले अभिनय गर्छन्, ती नायिका अर्को चलचित्रमा दोहोरिएकै हुन्छिन्। रेखा थापा र ऋचासिंह ठकुरी त्यसका उदाहरण हुन्। रेखा र ऋचासँग जीवनले थुप्रै चलचित्रमा अनस्क्रिन रोमान्स गरिसकेका छन्। यतिबेला जीवनसँग एउटी नयाँ नायिकाले जोडी बनाउने अवसर पाएकी छिन्।  पहिलो चलचित्र 'ब्ल्याकमेल' मा जीवनसँग पहिलो पटक रोमान्स गरेकी पोखराकी श्वेता भट्टराईले यो चलचित्र प्रदर्शन नहुँदै दोस्रो चलचित्र ' रिदम' मा जीवनकै साथ पाएकी छिन्। आगामी भदौं २९ गते प्रदर्शन हुने 'ब्ल्याकमेल' अघि नै जीवन-श्वेताको जोडी जम्ने अनुमान गरेका  निर्देशक विकास आचार्यले 'रिदम' मा यो जोडीलाई लिएका हुन्। यसअघि आचार्यले जीवन-ऋचालाई आफ्ना दुई चलचित्रमा दोहोर्‍याएका थिए।