मैले उसँग बोल्न र नजिक हुन के गर्नुपर्ला ?
![]() |
म अहिले ११ कक्षामा पढ्दै छु। म एक युवकलाई एकदमै मन पराउँछु र हाम्रो देखादेख कलेजमा मात्रै सीमित हुन्छ, तर उसलाई म मन पराउँछु भन्ने कुरा थाहा छैन। उ अहिले ब्याचलर तेस्रो वर्षमा पढ्दैछ। म अहिलेसम्म उसँग बोलेको पनि छैन र मलाई उसको सामु पर्दा एकदमै डर लाग्छ। उसलाई एकैछिन देखिन भने मलाई कस्तो-कस्तो लाग्छ। उसलाई देखेपछि मलाई आनन्द हुन्छ। के मेरो ऊ प्रतिको आकषर् ण माया हो ? मैले उसँग बोल्न र नजिक हुन के गर्नुपर्ला ?
कखग
तपाईं अहिले वैशको पहिलो खुड्किला उक्लिदै हुनुहुन्छ। बैंसमा टेकेपछि के युवक, के युवतीविपरीत लिङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक हुन्छ। तपाईं पनि अहिले विपरीत लिङ्गीप्रति आकषिर्त हुनुभएको छ। त्यस्तो आकर्षणलाई मायामा बदल्न निकै लामो समय लाग्छ। जहाँसम्म मायाको कुरा छ यो जहाँ पनि र जहिले पनि स्वाभाविक रूपमा विकसित हुन्छ। एउटा मनदेखि अर्को मनसम्मको यात्रामा मायाले धेरै हन्डर खानुपर्छ। यस्ता हन्डरहरूले मानिसलाई जटिल अवस्थाको पराकाष्ठासम्म पुर्याउँछ। तपाईंको हकमा मेरो सल्लाह के छ भने मायाको पहिलो सर्त भनेकै आकर्षण हो। जुन चरणमा अहिले तपाईं हुनुहुन्छ। यदि तपाईं आकषिर्त भएको पुरुषलाई हृदयदेखि नै मन पराउनुहुन्छ भने उसँग नजिक हुने उपायहरू तपाई आफैंले खोज्नुपर्छ। यसका लागि आफ्ना साथी वा उसको साथीलाई आफ्नो मनको कुरा भन्नुपर्छ। मायाको कुरा पनि एक कान, दुई कान हुँदै सम्बन्धित कानसम्म पुग्ने हो। सम्बन्धित युवकले तपाईंलाई मन पराउनु वा नपराउनु उनको व्यक्तिगत कुरा हो। मायाका लागि आकर्षण मात्र पर्याप्त नहुन सक्छ। यसका लागि सक्दो प्रयास गर्नुपर्छ। सबैभन्दा पहिलो र मुख्य सर्त भनेको माया गर्ने मानिसले डराउनु हुँदैन। आफ्नो प्रस्तावमा सकारात्मक वा नकारात्मक जस्तोसुकै प्रतिक्रियाका लागि पनि तयार रहनुपर्छ। यो बाटोमा हिँड्नुभयो भने पक्कै पनि तपाईं गन्तव्यसम्म पुग्नु हुनेछ, मेरो शुभकामना छ।