मेरो लागि आज सम्म, कुनै शासन आएन/



मेरो लागि आज सम्म, कुनै शासन आएन/
बुढेसकाल मा बसि खाने कुनै रासन आएन/

धेरै भोगे थुप्रै देखे यहा शासक हरु/
गरिब को पक्षधरमा कसैले गीत गाएन/

थुप्रै दशक पार गरे,भारि बोकि बोकि/
दुखै दुख मा बित्यो जिबन दशै आएन/

जुन नेता आएपनि गरिबकै पार्टी भंछन/
समानता दिने यहा कोहि शासक आएन/

मेरो लागि आज सम्म कुनै शासक आएन/
बुढेसकाल मा बसि खाने रासन आएन/

दीपक प्रताप थापा ( Deepak Pratap Thapa. )
लम्जुंग नेपाल,
हाल,अबुधाबि/