किशोर महिला टिमको प्रशिक्षक
![]() |
काठमाडौ, असार ३१ - श्रीलंकामा सेप्टेम्बरमा हुने दोस्रो साफ वुमेन्स फुटबल च्याम्पियनसिपका लागि नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी किशोर केसीले पाएका छन् ।
बंगलादेशमा दुई वर्षअघि भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । त्यसअघि ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा नेपालले रजतपदक जितेको थियो । दुवै अवसरमा राष्ट्रिय टिम ध्रुव केसीले सम्हालेका थिए । दुवैमा सहायकको भूमिकामा रहेका कुमार कटवाल दोस्रो साफ वुमेन्स च्याम्पियनसिपमा पनि हुनेछन् ।
'दक्षिण एसियाली महिला फुटबलमा नेपालको मुख्य प्रतिस्पर्धी भारत हो । दुईपल्टै फाइनलमा नेपाल भारतसँग हारेको थियो । त्यसैले अझ राम्रो गर्ने आसमा टिमको जिम्मेवारी किशोरलाई दिइएको हो,' अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले बताए । गत वर्ष भएको 'ए' डिभिजन राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबलाई तेस्रो स्थान दिलाएका ४७ वर्षीय किशोरले नेपाली महिला राष्ट्रिय टिम सम्हाल्न लागेको दोस्रो अवसर हो । नौ वर्षअघि काठमाडौंमा आयोजित महिला फुटबल प्रतियोगितामा उनले नेपाललाई च्याम्पियन बनाएका थिए । त्यसबेला विहार (भारत), सिंगापुर र नेपाली राष्ट्रिय टिम सहभागी थिए । टाइब्रेकरमा सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
एएफसी च्यालेन्ज कप २०१० को छनोटमा राष्ट्रिय टिम (पुरुष) को सहायक प्रशिक्षक रहिसकेका किशोरले नयाँ जिम्मेवारीलाई अवसर र चुनौतीका रूपमा लिएका छन् । 'प्रतिद्वन्द्वीको खेल अध्ययन गरेर तयारी गर्न पायौं भने राम्रो नतिजा निकाल्न सक्छौं,' उनले भने । झन्डै दुई दशक लामो प्रशिक्षक करिअरमा उनले पुरुषतर्फ नेपालको यू-१२, यू-१४ र यू-१६ टिमको नेतृत्व गरिसकेका छन् ।
चन्द्रनिगाहपुर र सिमरामा भइरहेको १४ औं राष्ट्रिय महिला फुटबलबाट किशोर र कुमारले खेलाडी छनोट गर्ने उल्लेख गर्दै एन्फा अध्यक्ष थापाले भने, 'राष्ट्रिय प्रतियोगितालगत्तै बन्द प्रशिक्षण सुरु गर्नेछौं ।'
source- ekantipur