एप्पलको आइफोन-५ अगष्ट ७ मा

एप्पल कम्पनीको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन आइफोन-५ आउँदो अगष्ट ७ का दिन सार्वजनिक गरिने भएको छ ।
ग्याजेट सम्बन्धि वेबसाइट नो योर मोबाइलले आइफोन-५ अगष्ट ७ मा रिलिज हुने दाबी गरेको हो । एप्पल कम्पनीको विश्वसनीय सूचना भन्दै उक्त वेबसाइटले कम्पनीको विशेष बैठकका बेला आइफोनको नयाँ संस्करण सार्वजनिक हुने खुलासा गरेको हो ।
केही महिनाअघि उक्त वेबसाइटले आइफोन-५ को लञ्चिङ अगष्टसम्मका लागि सरेको भन्दै सामसुङको ग्यालेक्सी एस थ्री सँग प्रतिस्पर्धालाई सहज बनाउनका लागि एप्पलले आफ्नो नयाँ संस्करणलाई लोकार्पण गर्न ढिला गरेको बताएको थियो ।
एप्पल कम्पनीले भने उक्त वेबसाइटको समाचारप्रति कुनै आधिकारिक टिप्पणी गरेको छैन । यद्यपि एप्पलको आइफोन-५ अब छिटै सार्वजनिक हुने समाचार एक वेबसाइटले सार्वजनिक भएसँगै यसका फिचर्स तथा सुविधाको विषयमा विभिन्न आँकलन गर्न थालिएका छन् ।
एप्पलको नयाँ आइफोनमा अघिल्लो संस्करणको आइफोनमा भन्दा थप अत्याधुनिक सुविधा हुने बताइएको छ । यसमा केही ठूलो साइजको टचस्त्रिmन, क्वाड कोर प्रोसेसर तथा अन्य हार्डवेयरमा समेत केही परिवर्तन गरिने श्रोतको भनाइ छ । यसमा हेडफोनको ज्याक घुसाउने ठाउँ समेत परिवर्तन हुने र स्पिकरको आकार समेत केही ठूलो हुने बताइएको छ ।

source-onlinekhabar