ब्रेट लीद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२९ असार, काठमाडौं । अष्ट्रेलियाका तीव्र गतिका बलर ब्रेट लीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । इङ्गल्याण्डविरुद्धको एक दिवसीय श्रृंखलाका क्रममा चोटग्रस्त बनेका लीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
सेप्टेम्बरमा हुने आईसीसी विश्वकप ट्वन्टी–२० खेल्ने योजनामा रहेका उनले चोटका कारण त्यसअघि नै सन्यासको घोषणा गरेका हुन् ।
खेल जीवनका १३ वर्ष पुरा भएको उनले शुक्रबार १३ तारिख भएकाले सन्यास लिनु उचित भएको बताए ।
उनले घरेलु ट्वान्टी-२० क्रिकेट र इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएल भने खेल्ने छन् ।
३५ वर्षीय ली ले टेष्ट क्रिकेटका ७६ खेलमा ३ सय १० विकेट लिएका छन् । उनले सन २०१० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए । लीले २ सय २१ एक दिवसीय बाट ३ सय ८० विकेट लिएका छन् । जून ग्लेन म्याकग्राको भन्दा एक विकेट मात्र कम हो ।

source-onlinekhabar