दिल्लीमा अलपत्र नेपाली बालकलाई स्वदेश फर्काइयो


१० चैत, नयाँदिल्ली । घरबाट भागेर नयाँदिल्ली आईपुगेका ६ जना नेपाली बालकलाई शुक्रबार स्वदेश फर्काइएबको छ । विगत ६ महिनायता नयाँदिल्लीस्थित दुईवटा बालगृहमा आश्रय लिँदै आएका ती बालकलाई माइती इन्डियाको पहलमा स्वदेश फर्काइएको हो ।
स्वदेश फर्काइएका बालकमा धनुषाका विवेश भनिने दीपक अधिकारी, पाल्पाका सन्दीप पाण्डे, बाराका मुन्ना अन्सारी, काठमाण्डौंका राजु शर्मा, सिन्धुलीका विकास थापा र चितवनका अमृत काफ्ले छन् । यीमध्ये सन्दीप, मुन्ना र विकास दरियागञ्जस्थित साथी बालगृहमा र राजु, दीपक र अमृत तीसहजारीस्थित सलाम बालगृहमा बस्दै आएका थिए ।
माइती इन्डियाकी कार्यक्रम अधिकृत इन्दिरा पाण्डेका अनुसार ती बालक नेपाली भएको प्रमाणित भएपछि नयाँदिल्लीस्थित बाल कल्याण समितिले स्वदेश फर्काउने जिम्मा लगाएको थियो । उद्दार गरिएका सबै बालक १० देखि १४ बर्षसम्मका रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।