रिइन्ट्री उषा



सौन्दर्य प्रतियोगिता जितेर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी उषा रजक चलचित्रको पर्दामा पुनरागमन गर्दैछिन्। पहिले एकाध चलचित्रमा  नायिका भैसकेकी उषा विदेशी नागरिकसँग विवाह गरी गर्भवती भएकी थिइन्। सन्तानको जन्मपछि उनको पुनरागमन चलचित्र हो- कथा,  जसमा उनलाई नायक सौगात मल्लले साथ दिंदैछन्। सस्पेन्स थ्रीलर बताइएको यो चलचित्रको छायांकन सिक्किममा भैरहेको छ। भजन शिरो मणि भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र आचार्यका निर्माता प्रशान्त रसाइलिको यो दोस्रो चलचित्र हो।