आफ्नै दुई ज्वाइद्वारा सासु बलात्कृत

काठमाण्डौ, चैत्र १० । हामी जब कसैसंग बिवाह गर्छौ तब श्रीमानको आमा बुवा र श्रीमतीको आमा बुवालाई हामी आफ्नो आमा बुवा मान्छौ । तर कुनै मानिस त यस्तो राक्षस पनि हुँदो रहेछ कि उनीहरुलाई यो सम्बन्धको कुनै मतलब नै हुँदैन ।भारतको मध्य प्रदेश स्थित छतपुर जिल्लामा आफ्नै सासुलाई दुई ज्वाइले नशाको हालतमा बलात्कार गरेका छन् । नशाको हालतमा दुइ ज्वाइले आफ्नो ६० वर्षीय सासुलाई बलात्कार गरेका हुन् ।

प्रहरीले सो महिलाको उजुरीको आधारमा घटनालाई दर्ता गरेको छ । महिलाको चिकित्सकीय परीक्षणपछि उनको दुइ ज्वाइलाई प्रहरीले पक्राउ गरेको छ । - कालिका एफएम