पुजारा र विजयको शतक
![]() |
२० फागुन, काठमाडौं । चेतेश्वर पुजारा र मुरली विजयको शतकको मदतमा अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत बलियो स्थितिमा पुगेको छ ।
पुजारा र विजयले दोस्रो विकेटका लागि २ सय ९४ रनको कीर्तिमानी साझेदारी गरेका छन् । १० औं टेष्ट खेलिरहेका पुजाराले चौथो शतक पुरा गरेका छन् र १ सय ६२ रनमा अविजित छन् । टेष्ट करियरमा दोस्रो शतक लाएका विजय १ सय २९ रनमा क्रिजमा रहेका छन् ।
हैदरावादमा विना विकेटको क्षतिमा बनाएको ५ रनबाट अघि खेल्न थालेको भारतले तेस्रो दिनको खेल सकिँदासम्म पहिलो पारीमा १ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको छ र ७४ रनको अग्रता लिइसकेको छ । विरेन्द्र सहवाग भने मात्र ६ रनमा आउट भएका थिए ।
यसअघि पहिलो दिन अष्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ३७ रन बनाएर पहिलो पारी समाप्तीको घोषणा गरेको थियो । चेन्नईमा भएको पहिलो टेष्ट जितेको भारतले चार म्याचको श्रृखलामा १-० को अग्रता लिएको छ ।
![]() |