फ्राइडे रिलिज : पुजनाको बेडसिनले ततायो बजार
![]() |
यो साता काठमाण्डौ लगायतका देशभरका हलमा ३ सिनेमा प्रदर्शनमा आएका छन् । काठमाण्डौको क्यू सिस्टमबाट ‘लभ इन चाइना बोर्डर’ प्रदर्शनमा आएको छ । तर प्रचारप्रसार शुन्य जस्तै भएकाले यो सिनेमाको व्यापारबाट सिंगो सिने नगरीले धेरै आशा गरेको छैन ।
भिडियो हेर्नुहोस
![]() |
चलचित्रले देशभरका हलमा इनिशियल व्यापार गरेको बुझिएको छ । चलचित्रमा नायिका पुजना स्त्रि र नव कलाकार खुशी थापाको उत्तेजक बेड सिन समावेश छ । जसका कारणले पनि चलचित्रले धेरै नै चर्चा बटुलेको थियो ।
यस्तै शुक्रबारबाट नै सौगात मल्ल र उषा रजकले अभिनय गरेको चलचित्र ‘कथा’ पनि प्रदर्शनमा आएको छ । काठमाण्डौका केही मल्टिप्लेक्स हलमा सिमित ‘कथा’ ले उत्कृष्ट व्यापार गर्ने कुरामा शंका गर्न सकिन्छ ।
![]() |