भट्टराई र ओली धुलिखेलमा


काभ्रे, चैत्र ९ - पूर्वप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई शुक्रबार साँझ धुलिखेल आएका छन् ।
चुनावी घोषणापत्र तयारलगायतका विषयमा रणनीति बनाउन भट्टराई धुलिखेल आएको बताइएको छ । उनी धुलिखेलस्थित हाइभ्यू होटलमा बसेका छन् ।
एमाओवादी केन्द्रीय समिति बैठकले भट्टराईको नेतृत्वमा चुनावी घोषणा पत्र तयार गर्न कार्यदल बनाएको थियो ।
यसैबी एमाले नेता केपी शर्मा ओली पनि कार्यकर्ता प्रशिक्षणका लागि धुलिखेल आएका छन् । धुलिखेल तालिम केन्द्रमा हुने अगुवा कार्यकर्ता प्रशिक्षणमा ओलीले प्रधानन्यायाधीश सरकार सत्ता कब्जाविरुद्धको ठूलो सफलता भएको बताए ।
ओलीले प्रधानन्यायाधीश सरकार राजनीतिक दलको सहमतिमा बनेकाले बौद्धिक क्षेत्रलाई अनावश्यक बहस नगर्न सुझाव दिएका छन् । एमाओवादीले खेल तमासाकारुपमा ल्याएको प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार स्वीकार गरेर उसैलाई झापड हानेको ओलीको कथन थियो ।