भारतीय नागरिक होटेलमा मृत फेल


भद्रपुर, चैत्र ९ - झापाको बिर्तामोड नयाँ बसपार्कस्थित सन्दीप होटेलमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।
भारत लखनऊको शिवपुरी बस्ने ४६ वर्षीय गोपाल सिंह मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
प्राप्त जानकारीअनुसार, अबेर रातिसम्म खाना खान नआएपछि होटेल सञ्चालकलाई शङ्का लागेर उनको कोठाको ढोकाबाट चियाएर हेर्दा उनी कुर्सीमा अडेस लागेर बसेको र आवाज दिँदा पनि ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो ।
त्यसपछि प्रहरीले कोठाको ढोका फोरेर प्रवेश गर्दा उनी कुर्सी मै मृतअवस्थामा फेला परेको बताइएको छ । गत चैत ५ गतेदेखि उक्त होटेलमा बस्दै आएका उनी दिनभर कतै बाहिर जाने र साँझपख होटेलमा बस्ने गरेको बताइएको छ ।
उनी के कति कामले यहाँ आएका हुन् र मृत ्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आज बिहान शवको मुचुल्का गरी भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि पठाइएको छ ।