इन्टरनेटमा एक मिनटको गतिबिधि


तपाईलाई कुनै चिजको वा कुनै ठाँउको जानकारी लिनु प¥यो भने के गर्न हुन्छ? यदि ईन्टरनेटसँग दोस्ती छ भने पक्कै नि कुनै सर्च ईन्जिभित्र छिर्नु हुन्छ । आजकल जे कुराको जानकारी लिनु परे पनि ईन्टरनेट नै गरिन्छ । ईन्टरनेट आजको दिनमा संसारभरका मानिसको दैनिक जीवनको एक हिस्सा नै बन्न पुगेको छ । केहि खोज्नु परे ईन्टरनेट, मनोरञ्जनका लागी ईन्टरनेट, टाढाका साथीभाईसँग कुरा गर्न परे ईन्टरनेट । हामी घण्टौ समय ईन्टरनेटमा नै बिताई दिन्छौ । तर त्यहि ईन्टरनेटमा १ मिनेटमा के के हुन्छ, सोच्नु भएको छ?
कम्प्युटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनि ईन्टेलले हालै ईन्टरनेटमा १ मिनेटमा के के हुन्छ भन्नेबारे अध्ययन गरेको थियो । सो अध्ययन प्रतिबेदन अनुसार ईन्टरनेटमा १ मिनेटमा के के हुन्छ त?  हेरौ न !

डाटा वा ईमेलः
सबैको जीवनको एक अहम् हिस्सा बनेको ईन्टरनेटमा १ मिनेटमा ६,३९,८०० GB डाटा ट्रान्सफर हुन्छ । यस्तै ६० सेकेन्डमा २० करोड ४० लाख ईमेल एक अर्कामा आदान प्रदान हुने गर्दछ ।

फोटो–भिडियोः
१ मिनेटमा ईन्टरनेट प्रयोगकर्ताले २ करोड फोटो हेर्छन । बिभिन्न साईटका प्रयोगकर्ताहरुले ३ हजार फोटो अपलोड गर्छन । १३ लाखले युट्युब भिडियो हेर्छन र १ मिनेटमा ३० घण्टाको भिडियो हुने गर्छ ।

मोबाईलबाट ईन्टरनेटः
स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाईल अप्लिकेशन डाउनलोड हुने गर्छ र १ मिनेटमा नै १३ सय नयाँ मोबाईल प्रयोगकर्ता ईन्टरनेटमा जोडिन्छन ।

सोशल नेटवर्कः
ईन्टेलले गरेको अध्ययन अनुसार १ मिनेटमा ३ सय २० जनाले नयाँ ट्विटर अकाउन्ट खोल्छन र १ मिनेटमा नै १ लाख ट्विट्स हुने गर्दछ । त्यस्तै २ लाख ७७ हजारले आफ्नो फेसबुक अकान्ट लग ईन गर्ने गर्छन भने १ मिनेटमा ६० लाख पोस्ट हर्ने गरिन्छ ।

सर्च एन्ड ईन्फोः
ईन्टेलको अध्ययन अनुसार १ मिनेटमा संसारभरबाट १ मिनेटमा ईन्टरननेट मार्फत २० लाख भन्दा बढि जानकारी गुगलमा सर्च गर्ने गरिन्छ । यस्तै ६ ओटा नयाँ आर्टिकल विकिपेडियामा अपलोड हुने गर्दछ ।

ईन्टरनेट क्राईमः
ईन्टरनेट संसारको १ मिनेटमा ८० ईन्टरनेट प्रयोगकर्ता साईबर क्राईमको शिकार हुने गर्छन र २० नयाँ प्रयोगकर्ताको ब्यक्तिगत जानकारी बिवरण चोरि हुने गर्छ ।