सबै होटल र उद्योगहरु बन्द गछौं–ट्रेड युनियन


विमला पाण्डे,चैत्र ९
मजदुर संगठनका नेताहरुले आफ्ना माग पुरा नगरे होटल तथा उद्योगहरु बन्द गर्न पनि आफुहरु पछि नपर्ने चेतावनी दिएकाछन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको होटल ब्यवसायमा टे«ड युनियनको दवदवा विषयक कार्यक्रममा बोल्दै उनीहरुले मजदुरहरुका मागप्रति वेवास्ता गरिए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए । कार्यक्रममा बोल्दै नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष रामदेव आचार्यले मजदुरका माग छाडेर मालिकको नाफाको बहसमा मात्रै आफूहरु सहभागी हुन नसक्ने बताउनुभयो । १० औं वर्षदेखी मजदुरहरुले आफूले काम गरेको संस्थाबाट नियुक्ति पत्र समेत पाएका छैनन्, आचार्यले भन्न्ुभयो– ‘वर्षेनि महंगी बढ्दा समेत मजदुरहरुको तलव वृद्धि हुन सकेको छैन ।’ तोडफोमा उत्रिनु रहर नभएर वाध्यता भएको उहाँको भनाई छ । 
 
 त्यस्तै ए माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले सामान्य घटनालाई उद्योग वाणिज्य महासंघले अनावस्यक रुपमा उचालेको बताउनुभएको छ । उवासंघले सामान्य घटनालाई उचालेर युरोपियन युनियन गुहारेको छ, कार्कीले भन्नुभयो–‘हामीले पनि चाह्यौ भने अन्तराष्ट्रिय ट्रेड युनियन गुहार्न सक्छौं ।’ होटल र¥याडिसनबाट दुई महिना देखी निलम्वन गरिएका आफ्ना संगठनका मजदुरहरुलाई पुर्नवहालि नगरिएको भन्दै उहाँले निलम्वन फुकुवा नगरे अझ ससक्त आन्दोलन हुने चेतावनी दिनुभयो । बाहिर हल्ला चलेजस्तो कुनै पनि व्यवसायमा मजदुर नियुक्तिका लागि आफुहरुले दबाब नदिएको तर वैचारीक आधारमै राम्राहरुलाई पाखा लगाउदा विरोध भने गरिएको उहाँले स्पष्ट पार्नुभयो । 
 
कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष प्रेम सिंह बोहराले मजदुरहरुका कारण भन्दा पनि सरकारी नीतिका कारण उद्योगहरु बन्द भएको बताउनुभएको छ । व्यवसायको नाफामा मजदुरलाई पनि सहभागिता बनाइनु पर्ने र श्रमिकहरुले पनि अनुसासन पुर्वक काम गर्नु पर्ने उहाँको भनाई छ । राजनीति सप्रिय सबैकुरा सप्रिने भन्दै राजनीति सपार्न उहाँले नेताहरुलाई सुझाव दिनुभयो । 
सोही अवसरमा बोल्दै होटल संघ (हान)  का कानुनी सल्लाहाकार गान्दि पण्डितले मजदुरहरुको कर्तव्यको सिमा भए पनि पछिल्लो घटनाले सिमा तोडेको बताउनुभएको छ । आफ्ना मागलाई पुरा गर्न कानुनीले हड्ताल गर्ने अधिकार सम्म दिएको भएपनि आक्रमण मै उत्रिएर कानुन बाहिरका गतिविधि गरेको उहाँको भनाई छ । होटल व्यवस्थापक र मजदुर दुवैपक्षबाट औद्योगीक सुसम्वन्धमा नकरात्मक गतिविधि भैरहेको पण्डितले बताउनुभयो । ।