ढिस्कोले पुरिएर रातो माटो लिन गएका २ किशोरीको मृत्यु

बाग्लुङ, चैत १० - बिदाको दिन घर पोत्ने रातो माटो लिन गएका पर्वतमा २ किशोरीको ढिस्कोले पुरिएर मृत्यु भएको छ। मृत्यु हुनेमा देउपुर-१ की १५ वर्षीया इशु खत्री र ९ वडाकी १८ वर्षीया कमला हमाल छन्। देउपुर-७ डडुबारीमा शनिबार रातो माटो खन्ने क्रममा माथिबाट एक्कासी ढिस्को खस्दा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।