पत्रकार महासंघको साधारणसभामा गाइजात्रा, पत्रकारबीच कुटाकुट


१० चैत, पोखरा । पोखरामा जारी नेपाल पत्रकार महासंघको नवौं साधारणसभामा पत्रकारहरूबीच नै कुटाकुट भएको छ ।

पार्शदहरूबीच महासचिवको प्रतिवेदन पहिले पास नै कोषाध्यक्षको प्रतिवेदन पास गर्ने या पछि मात्रै कोषध्यक्षको प्रतिवेदन पास गर्ने भन्ने बिषयमा विवाद हुदाँ पत्रकारहरूबीच कुटाकुट भएको थियो ।
विवादका कारण तनावग्रस्त बनेको साधारणसभा केहीबेरका लागी स्थगित गरिएको छ । महासंघका केन्द्रिय सदसयहरू विवाद मिलाएर साधारणसभा सुचारू गर्ने प्रयासमा लागेका छन् ।

साधारणसभामा महासंघमा हाल रहेको एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव एक सचिव, एक कोषध्यक्ष र अन्य सदस्यहरू रहने प्रावधानलाई संशोधन गरि कम्तिमा तीन उपाध्यक्ष, पाँच सचिव र ती पदहरूमा दलित, महिला र अपांगता भएका व्यक्तिलाई समेटेर समावेशी गराई विधान पारीत गर्ने तयारी गरिएको थियो ।