मलेसियामा बिदेशी कामदारले घरपरिवारको बिबरण बुझाउनुपर्ने


२९ फागुन, क्वालालम्पुर । मलेसिया सरकारले यहाँ कार्यरत बिदेशी श्रमिकको सम्बन्धित देशको विस्तृत ठेगाना, उनीहरुका आश्रति परिवारको सम्र्पक लगायतका बिबरण तत्काल सरकारसमक्ष बुझाउन रोजगारदातालाई निर्देशन दिएको छ । मलेसियाको राष्ट्रिय समाचार समिति बर्नामाले जनाएअनुसार रोजदारदाताले आफुकहाँ काम गर्ने बिदेशी कामदारको सम्बन्धित देशको विस्तृत बिबरण, आश्रति लगायतको ठेगाना बुझाउनैपर्ने निर्देशन दिएको छ । साथै रोजगारदाताले अनिवार्यरुपमा बिदेशी कामदारको बिमा गर्नुपर्ने पनि निर्देशन दिएको छ ।

पछिल्लो दिनमा मलेसियामा ज्यान गुमाउने बिदेशी कामदारको संख्या बढ्दै गएपछि उनीहरुले पाउने सेवा सुबिधा सुनिश्चीत गर्न यस्तो निर्देशन दिइएको बताइएको छ । बुधबार पेनिसुलर मलेसिया म्यानपावर बोर्डका महानिर्देशक मोहम्मद जेफ्री जाओकिमले एक बिज्ञप्ति जारी गर्दै बिदेशी कामदार क्षतिपूर्ति योजना oreign Workers Compensation Scheme (SPPA) मा अनिवार्य सहभागी हुन




रोजगारदातालाई दिर्नेशन दिनुभएको छ । बिदेशी घरेलु कामदारको हकमा भने यो नियम तत्काल लागू हुनेछैन ।

‘कामदारको आश्रति, उसको राष्ट्रियता, कामदारसँग उनीहरुको नाता, साथै उसको घरठेगाना र सम्र्पक नम्बर लगायत सवै सूचना आबश्यक पर्नेछ’ जाओकिमले भन्नुभयो । उहाँका अनुसार अबदेखि बिदेशी कामदारको माग स्वीकृत गर्न अध्यागमन कार्यालयमा जाँदा रोजगारदाताले अनिवार्यरुपमा इन्सुरेन्स सुनिश्चीत गरेको हुनुपर्ने ब्यबस्था गरिएको छ । त्यसो नगर्ने रोजगारदातालाई कामदार क्षतिपूर्ति ऐन १९५२ को दफा २६(१) अनुसार २० हजार रिंगेटसम्म जरिवाना र दुई बर्षसम्म कैद वा दुवै सजायँ हुनसक्ने कानुनी ब्यबस्था रहेको बर्नामाले जनाएको छ ।

अबैधानिक बिदेशी कामदारलाई ट्रयाक गर्ने र ज्यान गुमाउने बिदेशी श्रमिकका परिवारले पाउनुपर्ने क्षतिपूर्ति सुनिश्चीत गर्ने उदेश्यले यो ब्यबस्था गरिएको बताइएको छ । पछिल्ला बर्षहरुमा मलेसियामा औसत बाषिर्क २ सय नेपाली कामदारले ज्यान गुमाउने गरेका छ भने त्योभन्दा बढि नेपाली घाइते तथा अंगभंग हुने गरेका छन । कतिपयको इन्सुरेन्स नहुने र आश्रति परिवारको पनि टुंगो नलाग्ने अबस्था हुँदा उनीहरुले कानुनले सुरक्षित गरिदिएको क्षतिपूर्ति र रकम नपाउने गरेका छन ।