कवि सुमनलाई सार्क अवार्ड


विराटनगर, फाल्गुन २८ - फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) ले नेपालका कवि/गीतकार सुमन पोखरेललाई सार्क लिटेररी अवार्डले सम्मान गरेको
छ । भारत, उत्तर प्रदेश प्रान्तको आगरामा आइतबार आयोजित साहित्यिक महोत्सवमा पोखरेललाई १ हजार अमेरिकी डलरसहितको पुरस्कार प्रदान गरिएको हो ।
पाकिस्तानकी लेखिका फहरिन चौधरी, अफगानिस्तानका कवि प्रा.अब्दुल खलिक रसिक तथा श्रीलंकाका दया दिशानायकेले पनि उक्त अवार्ड पाएका छन् । पुरस्कृत साहित्यकारहरूलाई फोसवालकी संस्थापक अध्यक्ष अजित कौर र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का महानिर्देशक सुरेशकुमार गोयलले अवार्ड हस्तान्तरण गरे ।




तीनदिने महोत्वसमा सार्क राष्ट्रका कवि तथा लेखकहरूको सहभागिता छ । महोत्सवको उद्घाटन सत्रमा आइतबार परिषद् महानिर्देशक गोयलले साहित्य र वातावरणको अन्योन्याश्रति सम्बन्ध रहेकाले अब लेखक-साहित्यकारले वातावरणलाई समेत ध्यानमा राखेर साहित्यिक सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
त्यस्तै, नेपाली टोलीको नेतृत्वकर्ता प्रा.अभि सुवेदीले 'नारी र वातावरण ः एक हिंसाको संरचना' कार्यपत्र प्रस्तुत गरेका थिए । महोत्सवमा सहभागी साहित्यकार सीमा आभासका अनुसार, नेपालबाट प्रतिनिधित्व गर्ने अन्य साहित्यकारहरूमा सुमन पोखरेल, मोमिला, अमर न्यौपाने, शारदा शर्मा, सविता गौतम दाहाल, मेघराज अधिकारी र चन्द्रवीर तुम्बापो, बलबहादुर थापा, रवि थापा, प्रकाश सुवेदी रहेका छन् ।
महोत्सवमा नेपाली साहित्यकारहरूले छुट्टाछुट्टै सत्रमा आ-आफ्ना साहित्यिक रचना प्रस्तुत गर्ने कार्यक्रम रहेको साहित्यकार आभासले बताइन् ।
संगीतज्ञ अम्बर गुरुङलाई लालबहादुर-चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार प्रदान गर्दै ९९ वषर्ीय समाजसेवी सर्वज्ञमान प्रधानाङ््ग । हरेक वर्ष दिइने ५१ हजार रुपैयाँको पुरस्कारका लागि ढेवाजुका छोरीहरू सरस्वती श्रेष्ठ र विजया मल्लले ५ लाख रुपैयाँको अक्षयकोष राखेका हुन्् । यो पुरस्कार स्थानीय संगीत प्रशिक्षण केन्द्रले सञ्चालन गर्दै आएको छ ।   तस्बिर ः कान्तिपुर