आर्थिक विकासका लागि चन्दा आतंक बन्द रोक्नुपर्छ : खनाल


बिक्रम खड्का
२८ फागुन, बुटवल । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालले राजनीतिक दलले उद्योग व्यवसायमा आफ्ना भ्रातृ संगठनले मच्याइरहेको चन्दा आतंकका नियन्त्रण गर्न नसक्दा उद्योग व्यवसाय धरासायी हुँदै गएको आरोप लगाउनु भएको छ । उहाँले चन्दा आतंकका कारण नयाँ लगानी कर्ताले उद्योगमा लगानी गर्न नसकेको समेत वताउनुभयो ।
रिपोर्टस क्लब लुम्बिनी अञ्चल शाखाले बुटवलमा सोमवार आयोजना गरेको कार्यक्रममा खनालले पछिल्लो समयमा राजनीतिक दलका भ्रातृ संगठनहरुले डनतन्त्र अपनाएकाले उत्पादनको क्षेत्रमा लगानी नभएकाले देशको आर्थिक विकास हुन नसकेको बताउनुभयो । पूर्व अर्थसचिव समेत रहेका खनालले स्पष्ट बजेट नीतिको अभावका कारण मुलुकको आर्थिक विकास हुन नसकेको वताउनुभयो ।
राजनीतिक दलहरुवीच सहमति नहुँदा उर्जा क्षेत्रको बिकासका लागि नेपालमा आउन लागेको करिव ५ अरब अमेरिकी डलर लगानी भित्रिन नसकेको वताउनुभयो ।