१० लाख लुटपाट, प्रहरी बेखबर

विराटनगर, फागुन २८- विराटनगर उपमहानगरपालिका-२० स्थित दरैयाबस्तीमा गएराति डाकाहरुको समूहले रु १० लाखभन्दा बढीको लुटपाट गरेको छ। करिब २५ जनाको समूहमा आएका डाकाहरुले हवाइ फायर गर्दै स्थानीय छ घरका परिवारलाई बन्धक बनाइ दुई घरमा लुटपाट गरेको पीडितहरुले बताएका छन्।  

  




राति ११ बजेतिर नकाब लगाएर आएका हतियारधारी समूहले रामबहादुर यादव र राजु यादवको घरबाट नगद, जिन्सी, खाद्यान्न, लत्ताकपडा लुट्नुका साथै गाई र भैँसीसमेत लगेको पीडित राजु यादवले बताए।
सशस्त्र प्रहरी तथा पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको छेउमै सो घटना भएको हो। घटनामा संलग्नहरुलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन। रासस