रणबिरका लागि रणबिरलाई पर्खाइन् दिपिकाले

नायिका दिपिका पादुकोण यो बर्ष सर्बाधिक व्यस्त छिन् । उनले अभिनय गरेका विभिन्न ५ सिनेमा प्रदर्शनका लागि तयार छन् । यसैले पनि अहिले दिपिकाको समय लिनका लागि ठुलै कसरत गर्नुपर्छ । यसैबिच नायिका पादुकोणले रणबिर कपुरलाई समय दिएपछि रणबिर सिंहलाई पर्नु चिन्ता परेको छ । चलचित्र ‘रामलिला’ को छायांकनका लागि दिपिका जोधपुरमा व्यस्त थिइन् । तर रणबिर कपुरसँग अभिनय गरेको ‘ए जवानी हे दिवानी’ मा समावेश एक गीतको छायांकनका लागि उनलाई काश्मिर जानुपरेको थियो । दिपिका रणबिर कपुरसँग गीतको छायांकनका लागि काश्मिर लागेपछि रणबिर एक्लै काम गरिरहेका छन् ।रणबिर कपुरसँग दिपिका काश्मिरमा रोमान्स गर्न थालेपछि रणबिर सिंहलाई हैरानी भएको छ । दिपिका काश्मिरको छायांकन सके लगतै पुन जोधपुर जाने तयारीमा छिन् ।