हेलिकप्टर दुर्घटनामा दुई पाईलटको मृत्यु


जेरुसलम, फागुन २९ (रोयटर्स) - उत्तरी इजरायलमा एक सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

बेला अह १ कोब्रा हेलिकप्टर नियमित अभ्यास गरिरहँदा हराएको थियो। ‘हेलिकप्टर टुक्रा टुक्रा अवस्थामा भेटियो तर चालकहरु जिवित भेटिएनन्,' सेनाले विज्ञप्तिमार्फत भनेको छ।






दुर्घटनाको कारण खुल्न सकेको छैन। सेनाले दुर्घटनाको कारण खोज्न अनुसन्धान टोली गठन गरिसकेको छ भने यस्तै खाले सबै हेलिकप्टरलाई नउडाउन निर्देशन दिएको छ। ‘दुर्घटनाको कारण पहिचान नभएसम्म बेला अह १ कोब्रा ग्राउन्डेड रहनेछ,' विज्ञप्तिमा भनिएको छ।
दुर्घटनामा परेका चालकद्वयको पहिचान भएको र उनीहरुको शव ल्याउने तयारी भइरहेको छ।