महाधिवेशनले राताम्य हेटौंडा(फोटो फिचर)
![]() |
हेटौंडा, माघ १९ - एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन सुरु हुने अघिल्लो दिन हेटौंडा राताम्य भएको छ । ठाउँठाउँमा राखिएको स्वागतद्वार र महाधिवेशनको सफलताको शुभकामना दिंदै झुन्ड्याइएको तुल र व्यानरले हेटौंडा झकिझकाउ देखिएको हो । हेटौंडा बजारदेखि महाधिवेशनस्थलसम्म बाक्लै गरी राखिएको कम्प्युनिष्ट पार्टीको झन्डाले हेटौंडालाई नौलो बनाएको छ । खुला राजनीतिमा आएपछिको पहिलो महाधिवेशनका लागि पार्टीले मेहनत गरेको देखिन्छ ।
महाधिवेशन स्थल हेटौंडा कपडा उद्योगको प्रांगणमा करिब चार हजार अट्ने पाण्डाल निर्माण करिब सकिएको आयोजकले जनाएको छ । महाधिवेशनको उद्घाटन भोलि शनिबार हेटौंडा बजारको हुप्रचौरमा हुनेछ । उद्घाटन समारोहको लागि प्रतिनिधि आउँने क्रम जारी छ । महाधिवेशन स्थलमा सञ्चारमाध्यमका लागि इन्टरनेट सुविधासहितको मिडिया सेन्टर स्थापना गरिएको आयोजकले जनाएको छ । महाधिवेशनको लागि करिब तीन हजार हेटौंडामा आउँनेछन् । यसबाहेक उद्घाटन समारोहमा दुईलाख कार्यकर्ता ल्याउने तयारी पार्टीको छ ।
महाधिवेशनको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष बाबुराम भट्टराई भोलि नै हेटौंडा आउँनेछन् । अन्य नेता र प्रतिनिधि भने आजै बेलुकासम्म हेटौंडा आइपुग्नेछन् । आफ्नो नेता र प्रतिनिधिलाई हेटौंडा औद्योगिक क्षेत्रभित्रैका बिभिन्न उद्योग र बिदेशी पाहुनाका लागि होटलमा बस्ने व्यबस्था मिलाइएको आयोजकले जनाएको छ ।

महाधिवेशनस्थलमा गरिएको तयारी । तस्वीर: प्रताप विष्ट
२१ बर्षएमाओवादी अधिवेशन-प्रतिनिधि आउने क्रम जारी
पछि हुन लागेको एमाओवादीको सातौं राष्ट्रिय महाधिवेशनमा बिभिन्न जिल्लाबाट प्रतिनिधि हेटौंडामा आउने क्रम जारी छ । महाधिवेशनका लागि आज बेलुकसम्म ७५ जिल्लाबाट प्रतिनिधि आइसक्ने आयोजकले जनाएको छ । महाधिवेशनमा झण्डै चार हजार प्रतिनिधि सहभागी हुनेछन् ।
हेटौंडा औद्योगिक क्षेत्रस्थित हेटौंडा कपडा उद्योगमा महाधिवेशन हुनेछ । एमाओवादीले औद्योगिक क्षेत्रभित्र रहेका २२ वटा बन्द उद्योगमा प्रतिनिधि र पर्यवेक्षकको लागि बस्ने व्यबस्था गरिएको जनाएको छ । एक महिना अघिदेखि नै थालिएको महाधिवेशन स्थल सरसफाई र रंगरोगन कार्य सकिएको छ । महाधिवेशनको सफलताको लागि राखिएको तुल र व्यानरले हेटौंडाका राताम्य बनेको छ ।
तस्वीरहरु: किरण पाण्डे

तस्वीरहरु: किरण पाण्डे



















![]() |