फेरि स्मिता



मलाई लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ- यही शिर्षकमा साप्ताहिकमा प्रकाशित अन्तर्वार्तापछि एकाएक चर्चामा आइन मोडल स्मिता थापा।  उनको अन्तर्वार्ताले एक किसिमको भुइँचालो नै ल्यायो नेपाली समाजमा। अहिले वरिष्ठ गीतकार एवं कथाकार तथा नेपाली सेनाका पूर्व सैनिक  अधिकृत राजेन्द्र थापाले त्यही अन्तर्वार्तामा आधारित रहेर उपन्यास तयार पारेका छन्- खेलौना, जसले अर्को हल्ला मच्चाइरहेको छ। उक्त  उपन्यासको प्रमुख अंशसहित राजेन्द्र थापा तथा स्मिता थापाको विचार- खेलौनाकै सम्बन्धमा।

खेलौना उपन्यासको एक अंश

सर हेलो, हिजो रेकर्ड गर्दा गर्दै म भावकु भइछु। भावकुता पटक्कै पाल्न चाहन्न म। म हिजोमा फर्केर रुन चाहन्न, मेरो हातमा त्यो हिजो थिएन। 

जे गर्दैछु, ठीक गर्दैछु, भन्ने विश्वासमै जे भयो भयो। अब पछुताउनुको कुनै अर्थ छैन। समयलाई फर्काउन सक्दिन थाहा छ मलाई। फर्काउन नसकिने त्यो हिजोलाई सम्झेर यो आजलाई किन रुवाऊँ म ? तर सरका लागि पास्टमा र्फकन विवश छु। 

भर्खरका केटीहरूले थाहा पाऊन्। सेक्सको ज्ञान होस्। के गर्ने के नगर्ने आफैं निर्णय गरून्। त्यसैले सरको प्रस्ताव मैले मानेको हु। 

हुन त केटाले भन्न हुने केटीले किन नहुने ? 

तर पनि हाम्रो सामाजिक कारणले भने एक किसिमबाट एक लेखकको हातबाट म सहिद बन्न तयार भएकी हुँ, सेक्स सहिद। लोकतन्त्रमा अर्को नयाँ सहिदको जात थपिने भो, हा...हा...हा... कलम सहित वा पात्र सहिद ? हा हा हा। लेस कम टु द प्वायन्ट, सर। 

फस्ट मेलः फस्ट टचः पहिलो किस 

हो, म सोह्र नाघ्नु अठ्ठाइस पुगिसकेको परिपक्व केटा थियो मेरो फस्ट मेल। दसमा पढ्थें, त्यतिबेला म खुब डान्स गर्थें। यौटा डान्सको प्रोग्राममा हाम्रो भेट भएको थियो। 

ऊ पनि हाम्रै बस्ती छेउकै व्यक्ति रहेछ, तर पैले देखेको थिइनँ। हो, त्यही मभन्दा करिब डबलभन्दा केही कम उमेरको लोग्नेमान्छे नै मेरो फस्ट मेल, फस्ट टच र फस्ट किसवाला केटा हो। 

तर ऊ मेरो फस्ट सेक्स भने होइन, किनभने उसले मलाई सेक्सै गरेन। हामीबीच ओरल सेक्स मात्रै भए। पहिलो नजरमै ऊ मन पर्‍यो, एकदम ह्यान्डसम लाग्यो, राम्रो लाग्यो, हा...हा...हा...।

पहिलो लभ भन्दा यो एकदम फरक थियो। पहिलोसँग टच पनि भएन भने योसँग अलि चाँडै नै टाँसिने छुनेओर्ने काम भैसकेकोथ्यो।

एकदिन उसले मलाई यौटा कोठामा लग्यो, म यति उसको मोहनीमा डुबिसकेकी थिएँ कि, मलाई सँगै जान कुनै सङ्कोच लागेन, तर सेक्सको कल्पना भने मैले गरेकी थिइनँ। कोठामा पुग्नेबित्तिकै उसले मलाई अंगालो मारेर किस खान थालिहाल्यो। 

पहिलो किस मलाई पनि खुब मस्ती लाग्यो। ओठ टोक्दा दुखे पनि मज्जा लाग्यो मलाई, जुठो जस्तो दिगमिग पनि लागेन। 

झन् गोमनले जस्तो जिब्रो निकालेर उसले मेरो पनि जिब्रो टोकेर टङ किस गर्न थाल्दासम्म उसले मलाई उत्तेजित पारिसकेको थियो। 

मेरो मन जितिसकेपछि उसले कमिजमाथिबाट हात घुसारिहाल्यो। 

जिन्दगीमा पहिलोपटक यस्तो ठाउँमा छोयो, जहाँ घामले पनि दर्शन पाएको थिएन। मेरी आमासमेतले नदेखेको मेरो अति गोप्य निजी ठाउँ भनेको यही यौटा कुरा मात्र मसँग थियो, त्यसमा अतिक्रमण गर्दा पनि मैले सजिलै कसरी स्वीकारें, म छक्क छु। 

सरलाई थाहा होला, आइमाईको सबैभन्दा गोप्य ठाउँ तल हैन, माथि स्तन हो। तलको बच्चामा सबैले देखिसकेका हुन्छन्। पछि थपिने अङ्ग भनेको स्तनमात्र हो। 

केटाको त केही पनि पछि थपिन्न, त्यसैले केटी भनेको स्पेसल हो स्पेसल। हा...हा...हा... कस्तो लाग्यो सरलाई यो मेरो नयाँ डिस्कभरी ? 

कुरुप अङ्ग 

अचानक हाँस्दा उसले के मेरो देखेर हाँस्या भन्थ्यो। लौ न नि, त्यस्तो कुरुप र घिनलाग्दो चिज देखेर को हाँस्दो होला, छिः, भन्थेँ म। 

हुन त अचम्मै हो, हगि ? मानव शरीरका हर अङ्ग सुन्दर बनाएका छन् भगवान्ले। तर केटाहरूको त्यै अङ्ग भने किन त्यस्तो कुरूप बना' होला ? 

कुनै नाङ्गो पुरुष उभ्याएर अगाडिबाट हेर्नु, माथि टाउकोदेखि मुख हुँदै शरीरका एकएक अङ्ग, मांसपेसी, छाती, तिघ्रा, पिंडौला, खुट्टासम्म सेप मिलेका सोपिला, तन्दुरुस्त र लोभलाग्दा खादिला, जाँ जाँ जे चाइयो, त्यै नै उठान पनि खसान पनि प्राकृतिक रूपले बिस्तारै मिल्दै आएका हुन्छन्। तर ? 

तर अचनाक दुई खुट्टाबीच भने बाहिरै उछिट्टिएर तुङरुङ्ग झुन्ड्या कुरुप अङ्ग ! छि ! छि ! 

जाबो यौटा टुसाजस्तो सानो नराम्रो अङ्गले, टुसुक्क आको त्यो गलगाँडले, अरू सारा सौन्दर्यलाई समेत, कति खत्तम पार्दो रैछ, भन्ने बुझ्न नाङ्गो पुरुषलाई हेरे पुग्छ, पुलुक्कमात्रै। यौटा कुरुपले दृष्टिको सम्पूर्ण रूप खाँदो रैछ, यौटा राहूले पूरै ग्रहको फल खाइदायाजस्तै अर्को अर्थमा...उइ यौटा मान्छेको मायाले गर्दा भने झैं...हा...हा... हा...। 

झन्डै खसेको रबर बल 

मलाई पूरै याद आइरा'छ अइले, त्यो बेलाको जुनबेला जब छाती बिस्तारै-बिस्तारै फुल्न थालेका थिए, कैले हल्का-हल्का, कैले असहनीय दुखाइसँगै। 

मेरो अविकसित मुन्टामा झुसिलकिरो पसेजस्तो, मुन्टा आसपासका हल्का उस्किएका मासुभित्र गँगटाले छिरेर चिम्टाले अठयाएजस्तो, कस्तो-कस्तो चसक्क-चसक्क झसङ-झसङ भैरँदा छिनछिनमा डर लागेको म सम्झन्छु। 

दिउँसोभन्दा साँझमा बढी साँझभन्दा रातमा झन् बढी, निद्रा नलाग्दा झन् बढी निद्रा खुलेपछि झन-झन् बढी चर्को-चर्को च्वास च्वास, अहिले सम्झिँदा रमाइलो लाग्छ। 

सोच्न थाल्यो भने छातीबाहिरभन्दा छातीभित्र बढी, छातीभन्दा दिमागमा झन बढी, दिमागभन्दा मनमा बढी कुरा खेल्ने र कुराले खेलाउन थाल्दा भने म धेरै असहजतामा थिएँ। चिन्ता पनि लाग्थ्यो, तर भन्ने कसलाई ? सुनाउने कसलाई ? आमा साथमा थिइनन्।

त्यस्तो बेलामा आमाको साथ चाहिने रैछ, तर म होस्टलमा थिएँ। मेरो पाखण्डी समाजमा छोरीहरूलाई जवानी, यौन विषयक प्राकृतिक क्रियाहरूका बारेमा अगि्रम शिक्षा दिइन्न्। कुरा गर्नु पनि अश्लील मानिनु नै यौन विकृतिको मूल कारण मान्छु म। 

त्यतिबेला कतै रोग लागेर छाती गान्नेको त होइन भन्ने पनि लाग्थ्यो। कतै क्यान्सर पो हो कि भनेर डराएकी पनि थिएँ। म अहिले सम्झिरहेछु, होस्टलमा अरु केटीहरूसामु लुगा फेर्दा लाज लाग्न थालेको कुरा। 

किशोरबेलादेखि नै सुत्दा केटाहरूका हातले खेलाइरहने जस्तै, त्यतिबेला मेरा आफ्ना हातहरू पनि राति सुत्दा ति फुलेको ठाउँमा पुगिरहन्थे। सम्झन्छु, छाम्दा कस्तो-कस्तो रिमरिम रमाइलो पनि आउँथ्यो। 

डल्लो कति बढ्यो हेर्न हरेक रात हत्केलाले नापिन्थ्यो। एक रातमा के त्यस्तो फरक हुन्छ र ? तैपनि खुब स्पिडमा बढेको जस्तो सकारात्मक फिल हुन्थ्यो। 

तर अहिले लाग्छ त्यो मनको कुर्कुरे वैसे काउकुतीका मनोवैज्ञानिक लक्षणमात्र थिए। 

नुहाउँदा बाथरुमको ऐनामा हरेकचोटी आफ्नो डल्लो हेरुँहेरुँ लाग्थ्यो। दिनका दिन झन्झन् डल्लो, अरु थप डल्लिँदै जाँदा कस्तो-कस्तो लाज पनि, डर पनि, रमाइलो पनि, विचित्रको रोमान्च र भयको मिश्रण। 

रमरमसँगै अप्ठेरो पनि बढ्दै गएको म सम्झिरा'छु। डल्लोमा लाग्ला कि, वा दौडिँदा हल्लेर खस्ला कि भन्ने डरले खेल्दा पनि अरूबाट सकभर टाढा रहने गरेको मलाई हास्यास्पद लाग्छ अहिले। 

हरेक केटीले भोग्नुपर्ने यो मनोवैज्ञानिक समस्या समाधानका सम्बन्धमा अझै पनि कसैले सेक्स एजुकेसनको विकल्प नदिनु हाम्रो समाजको दुर्भाग्य हो। मलाई याद छ, मैले पनि कसैसँग यस विषयमा सोध्न सकिन। घरमा भए आमाले सायद भन्दिनुहुन्थ्यो होला। सायद ब्रा पनि किन्दिनुहुन्थ्यो होला। 

होस्टलमा दिदीहरूलाई सोध्ने आँट पनि आएन। साथीहरू कसैका पनि पलाउनै थालेका थिएनन्  झन् उनीहरूले त के बताइदिन सक्थे र मलाई ! 

एकचोटी साइकलबाट लडेर उधेमुन्टो सामुन्नेबाटै जाँदा भने म त लौ डल्लो उछिट्टिएर रबरको बलझै उफ्रेर खस्यो कि भन्ने डरले झसङ्ग पनि भाको कुरा गर्दा सर हाँस्नु होला मरीमरी। 

आमा साथ नहुनुको यो कन्यफ्युजन साँच्चिकै पीडादायक हुँदोरैछ सुन्नेलाई भने हाँसो।



आलोचना गरेर कालो कुरा सेतो हुँदैन 

आफूलाई पात्र बनाएर चर्चित साहित्यकार-लेखकले उपन्यास तयार पार्दा कस्तो लागेको छ ?

अवियस्ली खुसी छु। यसको श्रेय म अश्विनी कोइराला र सुव्रत आचार्यलाई दिन्छु। उहाँहरूले 'साप्ताहिक' मा युवाको विचारलाई ठाउँ दिनुभयो अनि राजेन्द्र सरले त्यसलाई आधार बनाए उपन्यास तयार पार्नुभयो। यसअघि उपन्यास भनेको काल्पनिक मात्र हुन्छ भन्ने थियो, अब यथार्थ कुरा पनि साहित्यमा पाइन्छ भन्ने प्रमाणित भयो।

जतिबेला साप्ताहिकमा तपाईंको अन्तरवार्ता प्रकाशित भयो, तपाईंले पाउनुभएको प्रतिक्रिया कस्तो थियो ?

मेरो पछाडि केहीले नकारात्मक कुरा पनि गरे। ती सबै तथाकथित बौद्धिक व्यक्ति हुन्। आम व्यक्तिले भने प्रशंसा नै गरे। किनभने मैले जे बोलें, त्यो धेरै युवतीले भोगेको कुरा हो, आजको पुस्ताको यथार्थ हो। त्यसलाई प्रकाशन गर्ने हिम्मत अरूले गरेनन्, साप्ताहिकले गर्‍यो। साँच्चै भन्ने हो भने त्यही अन्तरवार्ताले मलाई सेलिब्रेटी बनायो। 

उपन्यास तयार भएपछि त्यसको पनि आलोचना गर्ने प्रशस्तै छन्, के भन्नुहुन्छ ?

आलोचना गरेर कालो कुरा सेतो हुँदैन। म कसले के भने भन्ने कुराको पछाडि लाग्ने व्यक्ति पनि होइन। मेरो अन्तरवार्ता होस् वा उपन्यासको पात्रको कुरा होस्, त्यो सत्य हो। म र मेरो पुस्ताले भोगेको कुरा हो। आलोचना हुन्छ भनेर कुरा लुकाउनु हुँदैन। 

उपन्यासमा लेखकले तपाईंको कति कुरा राख्नुभएको छ, कति काल्पनिक छ ?

मेरो जीवनका धेरै कुरा छन्, केही अरू युवतीका कुरा पनि मिसाइएको छ। त्यसलाई म काल्पनिक कथा भन्न चाहन्नँ। कमसेकम ती सबै मैले र मेरो पुस्ताले भोगेका घटना हुन्। 

एउटी सामान्य युवती अचानक सेलिब्रेटी हुँदा कस्तो लाग्दो रहेछ ?

मैले भनिहालें, म खुसी छु। सामान्य युवतीले कहिल्यै नपाएको कुरा पाएँ, ठूलो चर्चा पाएँ भनेर मख्ख परेकी पनि छैन। यसलाई मैले नर्मल रूपमा लिएकी छु। उपन्यास पढेर मानिसले फेरी कुरा काट्लान् भनेर चिन्ता पनि छैन। प्रशंसा गर्लान् भनेर मख्ख परेकी पनि छैन।