प्रधान न्यायाधीशमा सहमति भएन भने देश दुर्भाग्यतिर : दाहाल


चाँदनी हमाल, चितवन, माघ २७ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका रुपमा दलहरुकाबीच प्रधान न्यायाधीशमा सहमति नहुने हो भने मुलुक दुर्भाग्यतिर जाने निश्चि त रहेको बताएका छन्। 'मुलुकलाई अनिर्णयको बन्दी बनाउनु भएन भनेर प्रस्ताव गरिएको हो,' दाहालले भने।



उनले प्रधान न्यायाधीश र पूर्व न्यायाधीशहरुलाई समेत सरकार प्रमुख बनाएर निर्वाचन भएका अन्तराष्ट्रिय उदाहरण रहेको बताउँदै उनले यस्तो मान्यतालाई सबैले मान्नुपर्ने तर्क गरे।

उनले महाधिवेशनले नेपालको समृद्धि, हित र आर्थिक विकासका लागि योजना तयार पारेको दावी गरे। उनले आज साँझ ५ बजे राष्ट्रपतिसँग यसै विषयमा छलफल हुने र त्यसपछि चार दलको बैठक हुनेसमेत बताए।


यो विषयमा सहमति नहुने हो भने अन्तिम फैसला जनताको हुने दाहालले भने। उनी ठूलीआमा देउरुपा दाहालको निधनमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुन चितवनको शिवनगर आएका थिए। सभामा बोल्दै दाहालले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने तर्क गरे।