भाग्यमानीको भूतै कमारो-बेलायती गधा बन्यो हिरो


लन्डन (एजेन्सहरू), फाल्गुन ८ - भनिन्छ, भाग्यमानीको भूतै कमारो । बेलायतमा एक गधाले १८ वर्षकै उमेरमा रिजेन्ट थिएटरको एक ओपेरामा नायक बन्ने अवसर पाएको छ ।
लन्डनको उत्तरपूर्वको एसेक्सवासी गधा चार्लीको तस्बिर र लेखले  मूलधार र ट्याबलोइड पत्रपत्रिकाको पाना ढाकिन थालिएको छ । ऊ रातारात सुपर स्टार बनेको छ । फोटो सुट र विज्ञापनको प्रस्तावले ऊ निकै व्यस्त
छ । चार्लीकी संरक्षिका भन्छिन्, 'आइफोन, ट्याबलोइड र फ्याबलेटबाट टाढा रहेकोले ऊ डिस्टर्ब भने भएको छैन ।' उसको पmयान फलोअर -प्रशंसक) बढेका छन् । चार्लीकी साहुनी सु फिल्डका अनुसार चर्चामा नआए पनि चार्लीले यसअघि पनि स्थानीय नाटकमा अभिनय क्षमता देखाइसकेको बताइन् । उसको अभिनय दर्शकले निकै मन पराएपछि एक कान दुई कान हुँदै ख्याति बढ्दै गएको थियो । यो ओपेरामा उनी दुई दृश्यमा देखिने छ । कृषकको भूमिका निभाइरहेकी मालिकनी सुसँग चार्लीले अभियन गर्दै छ । चार्लीको भावविह्वल र परिपक्व अभिनयको आफू पनि ठूलो प्रशंसक भएको उनले बताएकी छन् ।

-->


'चार्लीमा केही छ, जसले उसलाई सुपर स्टार बनाइरहेको छ,' सु भन्छिन्, 'उसलाई पनि यो कुरा थाहा छ ।' बाहिर जाने र अभिनय भनेपछि भातपानी छाड्ने चार्लीको मिलनसार एवं गुलियो व्यवहारले सबैलाई दंग पार्ने गरेको उनी बताउँछिन् ।
अभिनयको निवेदन र्फम भर्ने क्रममा सुले चार्लीलाई मन पर्ने, नपर्ने रुचि एवं अनुभवको बारेमा पनि लेखेकी छन् । अभिनय र मिजासिलो व्यवहारबारे सुनेर सुको घरमा चार्लीलाई अभियन गराउनलाई अगि्रम भुक्तानी दिने चर्चित थिएटरका निर्देशकहरूको भीड लागेको छ । कुनै चर्चित टेलिभिजनको चर्चित कार्यक्रम प्रस्तोताभन्दा पनि चार्लीको माग बढेको बताइन्छ । सु स्वयं पनि एसेक्समा एक गधा एकेडेमी चलाउँछिन् । उनको एकेडेमीमा चार्लीबाहेक अन्य ८ गधाहरू पनि प्रतिभा एवं सम्भावनाले भरिपूर्ण छन् । पाउने अवसर र क्षमताले अन्य कलाकार गधाको भविष्य निर्धारण
गर्ने छ ।
जेहोस् ढिलो चाडो भए पनि बेलायतका गधाहरूले हिन्दी भाषाको उखान 'खुदा मेहरबान तो गधा पहलवान् -ईश्वरको कृपा भएमा गधा पनि पहलवान् हुन्छन्)' लाई साँचो प्रमाणित गर्न लागिपरेका छन् ।