पाहुनाको स्वागत मकै, भट्मास र नुनचियाले
![]() |
सोलुखुम्बुबासीले आफ्नो गाउँमा आउने पाहुनालाई मकै, भट्मास र नुनचियाले स्वागत गरेका छन् । सोलुखुम्बुको पावै गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न गरिएको कार्यक्रमका अतिथिहरुलाई आयोजकले खाजामा मकै, भट्मास र नुनचिया खुवाएका हुन् ।
खुला दिसामुक्त गाविस घोषणा कार्यक्रममा पुग्नुभएका प्रमुख अतिथि स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिना, खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका इन्जिनियर देवनाथ सिंह र पत्रकारसहितको टोलीलाई आयोजकले खाजामा मकै भट्मास खुवाएका हुन् ।
स्थानीयस्तरमा उत्पादन भएको मकै भट्मास र नुनचिया खाजाको रुपमा पाउँदा अतिथीहरु दङ्ग परेका थिए । स्थानीय विकास अधिकारी तिम्सिनाले भन्नुभयो “जहाँ जाँदा पनि चाउचाउलगायतका तयारी खाजा खानुपथ्र्यो, यहाँ त भिन्दै आनन्द भएको छ” ।
उहाँले आफूले लामो समयपछि मकै भट्मास र नुनचिया खान पाएको भन्दै खुशीसमेत व्यक्त गर्नुभयो ।
आयोजकले कार्यक्रममा उपस्थित सबैलाई खाजाको रुपमा मकै भट्मास र नुनचिया खुवाएका थिए । खाजाका लागि १० पाथी मकै र पाँच पाथी भट्मास भुटेको आयोजक संस्था ईको हिमाल नेपालले जनाएको छ । आयोजकले अतिथीलाई सदरमुकाम र्फकंदासमेत भुटेको मकै भट्मास खाजा पठाएका थिए । स्थानीयस्तरमा फलेका वस्तुको प्रयोगलाई जोड दिने उद्देश्यले पावैमा भएका हरेक कार्यक्रममा खाजाको रुपमा त्यहाँ फलेका चिज प्रयोग गरिँदै आएको ईको हिमाल नेपालका सामाजिक परिचालक मीराकुमारी बस्नेतले जानकारी दिनुभयो ।
![]() |