भरतपुर तनावग्रस्त, प्रहरी-विद्यार्थी ढुंगा हानाहान


चाँदनी हमाल, चितवन, माघ २६ - चितवनको भरतपुरमा प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान भएको छ। मोहन वैद्य नेतृत्वको माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारीका विद्यार्थी सुशील न्यौपाने कुटिएपछि दोषीलाई पक्रन माग गर्दै क्रान्तिकारी विद्यार्थीहरुले नौ जनाविरुद्ध उजुरी गरेका थिए। तर कारबाही गर्ने तत्परता नदेखाएको विरोधमा आज बिहान भरतपुर क्याम्पस चोकमा क्रान्तिकारीले एक घण्टा चक्काजाम गरेका थिए।
चक्काजाम सकिएर कोणसभा हुन लागेका बेला प्रहरीले ५० जना जतिलाई नियन्त्रणमा लिएपछि दुवै पक्षबीच ढुंगा हानाहान हुने गरी झडप भएको हो।