संकटा उपाधिनजिक
![]() |
विराटनगर, फाल्गुन २८ - थप गरिएको समयको अन्तिम क्षणमा सम्भव भएको गोलले सिमि्रक सरस्वती फुटबल क्लबलाई १-० ले निराश पार्दै सीएमजी संकटा फुटबल क्लब, काठमाडौं आइतबार दोस्रो रमपम विराट गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
उसले उपाधिका लागि मंगलबार सशस्त्र प्रहरी बल -एपीएफ) को सामना गर्नेछ । सहिद स्मारक लिगको पहिलो चरणको खेलमा संकटा एपीएफसँग २-० ले पराजित भएको थियो । एपीएफ दुर्गापुर स्पात क्लब कोलकातालाई ४-० ले पन्छाउँदै उपाधिनजिक पुगेको हो । खेलको ४३ आंै मिनेटमा टिमका मुख्य खेलाडीले रातो कार्ड पाएर १० खेलाडीमा सीमित संकटाका लागि खेलको एकमात्र निणर्ायक गोल सुदीप लिम्बूले १ सय ८ औँ मिनेटमा गरे । उनले मैदानको मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर विपक्षी तीन रक्षापंक्तिलाई 'बिट' गरी गोलरक्षक अशोक बराललाई कुनै मौका नदिई गोल गरे । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा सरस्वतीको यात्रा टुंगिन पुग्यो ।
सरस्वतीले पूर्वाञ्चल-११ लाई १-० र मणिपुर भारतलाई २-० ले पन्छाउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । टिमको प्रदर्शन उत्कृष्ट रहे पनि खेलको ७२ औं मिनेटमा गोलको अवसर गुम्नु र फरवार्डले विपक्षी रक्षापंक्तिलाई दबाब दिन नसक्दा पराजयको सिकार हुन पुगेको सरस्वतीका प्रशिक्षक प्रदीप नेपालको प्रतिक्रिया थियो । ७२ औं मिनेटमा नाइजेरियन खेलाडी इरिस अवुसले प्रहार गरेको बल पोलमा ठोक्किएर गोल हुनै लाग्दा डिफेन्स इब्राहिमले त्यसलाई क्लियर गरेका थिए ।
खेलको ४३ औं मिनेटमा मुख्य स्ट्राइकर सामुइललाई रेफ्रि सचिन अमात्यले दोस्रो पहेंलो कार्ड दिएपछि संकटा १० खेलाडीमा सीमित भएको थियो । संघर्षपूर्ण जित हात परेको संकटाका प्रशिक्षक श्याम मारीले बताए ।
![]() |